Nepal No 1 Online News Portals News site -Nepaltathya.com
बिहिबार, २१ जेठ २०८३, ०१ : ५३ : ०८ | Jun 4, 2026

रौतहटमा एसईईको अन्तिम तयारी : १० हजार बढी विद्यार्थी सहभागी हुँदै, सुरक्षा व्यवस्था कडा

nepaltathya_news nepaltathya_news
|
मंगलबार, चैत्र १७, २०८२
|
|
२० पटक हेरिएको
Shares

सारांश

  • १७ चैत,रौतहट ।
  • यहि चैत १९ गतेदेखि देशभर सञ्चालन हुन लागेको माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८२ का लागि रौतहट सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको छ ।
  • शिक्षा विकास तथा समन्वय इकाइ रौतहटका अनुसार यस वर्ष जिल्लाभरबाट कुल १० हजार ८८ जना परीक्षार्थीहरू परीक्षामा सहभागी हुँदैछन् ।

१७ चैत,रौतहट ।

यहि चैत १९ गतेदेखि देशभर सञ्चालन हुन लागेको माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८२ का लागि रौतहट सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको छ । शिक्षा विकास तथा समन्वय इकाइ रौतहटका अनुसार यस वर्ष जिल्लाभरबाट कुल १० हजार ८८ जना परीक्षार्थीहरू परीक्षामा सहभागी हुँदैछन् ।

यस पटकको परीक्षामा सहभागी हुने १० हजार ८८ विद्यार्थीमध्ये ५ हजार २ सय ७१ छात्र र ४ हजार ८ सय १७ छात्रा रहेका छन् । समन्वय इकाइले दिएको जानकारी अनुसार साधारण धारतर्फका साथै प्राविधिकतर्फ २ सय ४९ जना र ग्रेड वृद्धितर्फ २ सय ४५ जना विद्यार्थीले परीक्षा दिनेछन् । जिल्लाका कुल १३० वटा विद्यालयका विद्यार्थीहरू यस परीक्षामा सामेल हुनेछन्, जसमा १०२ सामुदायिक, २० संस्थागत (निजी) र ८ वटा प्राविधिक विद्यालय रहेका छन् । परीक्षालाई व्यवस्थित बनाउन जिल्लाभर ३९ वटा परीक्षा केन्द्रहरू निर्धारण गरिएको छ । परीक्षा सञ्चालनका लागि ३९ जना केन्द्राध्यक्ष खटाउने तयारी पूरा भइसकेको छ । शिक्षा विकास तथा समन्वय इकाइका निमित्त प्रमुख उपेन्द्र सिंहका अनुसार, परीक्षालाई निष्पक्ष, अनुशासित र पारदर्शी बनाउन आवश्यक पर्ने सहायक केन्द्राध्यक्ष, निरीक्षक र अन्य कर्मचारीहरूको व्यवस्थापन पनि भैसकेको छ ।

परीक्षाको संवेदनशीलतालाई ध्यानमा राख्दै केन्द्रहरूमा अवाञ्छित गतिविधि हुन नदिन कडा सुरक्षा व्यवस्था मिलाइएको छ । निमित्त प्रमुख सिंहले परीक्षाको मर्यादा विपरीत कार्य गर्ने, चिट चोर्ने वा चोराउने तथा अन्य कुनै पनि उच्छृङ्खल गतिविधिमा संलग्न हुने जो–कोहीलाई कानुन बमोजिम कडा कारबाही गरिने चेतावनी दिएका छन् । ‘हामी परीक्षालाई शान्तिपूर्ण र मर्यादित बनाउन प्रतिबद्ध छौँ,’ सिंहले भने, ‘परीक्षा केन्द्रमा मोबाइल फोन निषेध गर्नुका साथै निगरानीका लागि विशेष टोली परिचालन गरिनेछ ।’ चैत १९ गतेदेखि सुरु भई २९ गतेसम्म सञ्चालन हुने यस परीक्षालाई सफलतापूर्वक सम्पन्न गर्न शिक्षा क्षेत्रका सरोकारवाला, अभिभावक, सुरक्षाकर्मी र सञ्चारकर्मी सबैको सकारात्मक सहयोग आवश्यक रहेको समन्वय इकाइले जनाएको छ ।विद्यार्थीहरूलाई निर्धक्क भएर शान्त वातावरणमा परीक्षा दिने वातावरण सृजना गर्न जिल्ला परीक्षा समन्वय समितिले विशेष आग्रह समेत गरेको छ । गत वर्षको तुलनामा यस वर्ष परीक्षा प्रणालीलाई थप व्यवस्थित र प्रविधिमैत्री बनाउने प्रयास गरिएको कार्यालयको दाबी छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

आरक्षण कोटाबाट निजामतीमा छिरे २५ हजार २१८ कर्मचारी
दीक्षान्त समारोहमा धेरै विद्यार्थी सहभागी गराएर त्रिभुवन विश्वविद्यालयले बनाए कीर्तिमान
गत २३ र २४ भदौमा जेनजी आन्दोलन भएको थियो । उक्त आन्दोलनमा दमन भएको थियो । जेनजी आन्दोलनको बेला एमालेका अध्यक्ष ओली प्रधानमन्त्री थिए भने कांग्रेस नेता रमेश लेखक गृहमन्त्री थिए । ओली र लेखक पक्राउ परेपछि एमालेले विरोधमा प्रदर्शन थालेको हो ।
सुनचाँदीको मूल्यमा सामान्य वृद्धि
पुस १ गतेदेखि बाघ गणना गरिँदै
कञ्चनजङ्घा पदमार्गको मुख्य प्रवेशद्वार सिदिङ्वा धाम ओझेलमा
कर्णालीबाट खेल्न मार्क वाट नेपालआइपुगे
सीसीटिभी क्यामरा नेटवर्कका लागि काठमाडौँ महानगर र टेलिकमबीच सम्झौता
भावुक स्टाटस लेख्दै क्रिकेटबाट सन्न्यास लिने सन्दीपको संकेत
रौतहटमा नक्कली नोटसहित ३ जना पक्राउ

पात्रो

२०८३
Sep/Oct 2026
आइत
सोम
मंगल
बुध
बिहि
शुक्र
शनि

राशिफल

राशिफल लोड हुँदैछ...

रेडियो

रेडियो लोड हुँदैछ...

स्टेशन छान्नुहोस्

-

भिडियो

लोड हुँदैछ...

मिति परिवर्तन

विनिमय दर

मुद्रा रूपान्तरण

Update: Loading...
🇺🇸 USD
🇳🇵 NPR

Indicative Exchange Rate: 1 USD = Loading...

Open Market Rates

Currency Unit Buy Sell

...