राजर्षिजनक विश्वविद्यालयको दीक्षान्तमा सहभागी हुन प्रधानमन्त्री आज जनकपुर जाँदै
सारांश
- २७ जेठ, काठमाडौं ।
- प्रधानमन्त्री केपी शर्मा ओली आज जनकपुर जाँदैछन्।
- जनकपुरधामस्थित राजर्षिजनक विश्वविद्यालयको पहिलो दीक्षान्त समारोहमा सहभागी हुन प्रधानमन्त्री एवम् कुलपति ओली जनकपुरधाम जान लागेका उनको सचिवालयले जनाएको छ।

२७ जेठ, काठमाडौं ।
प्रधानमन्त्री केपी शर्मा ओली आज जनकपुर जाँदैछन्। जनकपुरधामस्थित राजर्षिजनक विश्वविद्यालयको पहिलो दीक्षान्त समारोहमा सहभागी हुन प्रधानमन्त्री एवम् कुलपति ओली जनकपुरधाम जान लागेका उनको सचिवालयले जनाएको छ। ‘मंगलबार बिहान ११ बजे प्रधानमन्त्री जनकपुर जाने कार्यक्रम छ,’ सचिवालयलका एक सदस्यले भने,

जनकपुरधामस्थित महेन्द्रनारायण निधि मिथिला संस्कृति केन्द्रमा आयोजना हुने विश्वविद्यालयको दिक्षान्त समारोहमा प्रधानमन्त्री ओलीले स्नातक तथा स्नातकोत्तर तह उत्तीर्ण विद्यार्थीलाई दीक्षित गर्ने कार्यक्रम तय भएको छ।’ विश्वविद्यालयको कार्यक्रममा सहभागी भएर प्रधानमन्त्री ओली आजै काठमाडौँ फर्किने कार्यक्रम छ। विश्वविद्यालय स्रोतका अनुसार आज तीन ब्याचमा स्नातक तथा स्नातकोत्तर तह उत्तीर्ण गरेका ११५ जना विद्यार्थी दीक्षित हुनेछन्।

प्रतिक्रिया