बेगनास तालमा बेपत्ता व्यक्तिको खोजीमा गोताखोर टोली परिचालन

nepaltathya_news nepaltathya_news
|
सोमबार, जेठ २६, २०८२
|
|
३ पटक हेरिएको
Shares

सारांश

  • २६ जेठ, काठमाडौं ।
  • पोखरा महानगरपालिका-३१, माझीकुना नजिकै रहेको बेगनास तालमा पौडी खेल्ने क्रममा बेपत्ता भएका एक व्यक्तिको खोजी कार्य सुरु भएको छ।
  • गोरखा जिल्लाको शहीद लखन गाउँपालिका-३, मनकामना बस्ने ४३ वर्षीय राजेश श्रेष्ठ जेठ २५ गते साँझ तालमा पौडी खेल्ने क्रममा हराएका थिए।

२६ जेठ, काठमाडौं ।

पोखरा महानगरपालिका-३१, माझीकुना नजिकै रहेको बेगनास तालमा पौडी खेल्ने क्रममा बेपत्ता भएका एक व्यक्तिको खोजी कार्य सुरु भएको छ। गोरखा जिल्लाको शहीद लखन गाउँपालिका-३, मनकामना बस्ने ४३ वर्षीय राजेश श्रेष्ठ जेठ २५ गते साँझ तालमा पौडी खेल्ने क्रममा हराएका थिए।

बेपत्ता भएको खबर प्राप्त भएलगत्तै सशस्त्र प्रहरी बल नेपाल नं. २४ कालिका गणबाट सशस्त्र प्रहरी निरीक्षकको कमान्डमा ७ जना गोताखोरसहितको टोली खोजतलासका लागि परिचालन गरिएको छ। खोजी कार्यलाई तीव्रता दिइएको सशस्त्र प्रहरी बलका सह-प्रवक्ता डिएसपी शैलेन्द्र थापाले जानकारी दिए। खोजी कार्य जारी रहेकाले थप विवरण प्राप्त हुन बाँकी छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बसको ठक्करले ४ वर्षकी बालिकाको ज्यान गयो
मन्त्री किरातीको राजीनामा माग्दै काठमाण्डुमा प्रदर्शन (तस्वीरहरू)
उज्यालो नेपाल पार्टीको रिक्त अध्यक्ष पदमा कुलमान घिसिङलाई नियुक्त गर्ने निर्णय
बाँकेमा २२ आगलागीका घटना
महंगी, भ्रष्टाचारविरुद्ध क्रान्तिकारी युवा संघको मोटरसाइकल र्‍याली
ज्ञानेन्द्र शाहको गतिविधिप्रति सांसदहरूको आपत्ति
क्यान्सर अस्पतालमा बिरामीकाे मृत्यु भएपछि दुई नर्स निलम्बित
प्रधानमन्त्री ओली र भारतका प्रधानमन्त्री मोदीबीच भेटवार्ता
ओलीको दाबी- मान्छेलाई राक्षस बनाएर भदौ २४ गते आगो लगाइयो
नयाँदिल्लीको लालकिल्ला स्टेशननजिक कारमा विस्फोट, १० को मृ*त्यु