अवैध उत्खननले घट्यो खोलाको सतह, राजश्व पनि न्यून संकलन

nepaltathya_news nepaltathya_news
|
बुधबार, बैशाख ३१, २०८२
|
|
३ पटक हेरिएको
Shares

सारांश

  •   दश वर्षयता दैलेख सदरमुकाम आसपास रहेका मुख्य दुई वटा खोलाको सतह घटेको छ ।
  • खोलाभित्रै डोजर प्रयोग गरेर निर्माण व्यवसायी तथा क्रसर सञ्चालकहरुले नदिजन्य बस्तु निकाल्न थालेसँगै छामघाट र लोहोरे खोलाको सतह घटेको हो ।
  • दैलेखको सदरमुकाम रहेको नारायण नगरपालिकाको सिमा भएर पूर्वमा लोहोरे र पश्चिममा छामघाट खोला बगेका छन् ।

 

दश वर्षयता दैलेख सदरमुकाम आसपास रहेका मुख्य दुई वटा खोलाको सतह घटेको छ । खोलाभित्रै डोजर प्रयोग गरेर निर्माण व्यवसायी तथा क्रसर सञ्चालकहरुले नदिजन्य बस्तु निकाल्न थालेसँगै छामघाट र लोहोरे खोलाको सतह घटेको हो । दैलेखको सदरमुकाम रहेको नारायण नगरपालिकाको सिमा भएर पूर्वमा लोहोरे र पश्चिममा छामघाट खोला बगेका छन् । यी दुई खोलामा बढी दोहन हुने गरेको पाईएको छ ।

दुल्लु र चामुण्डाविन्द्रासैनी नगरपालिकाको सिमा भएर बग्ने पादुका खोलामा पनि उत्तिकै दोहनका कारण सतह घट्दोअवस्थामा छ । नदीको सतह घट्दा मावनबस्ती समेत जोखिममा पुगेपछि अहिले चिन्ताको विषय बनेको हो । स्थानीय पालिकाले तोकेको आइइभन्दा मनपरि रुपमा नदिजन्य बस्तु निकाल्ने गरेको पाइएको छ । नारायण नगरपालिकाले दुवै खोलाको आइइ गरेको छ । आइइ कागजमै सीमित छ तर, व्यवसायीले मनपरिरुपमा नदिजन्यबस्तु उत्खनन्ले खोलाको सहत तलतल घट्दो अवस्थामा पुगेपछि स्थानीयहरु चिन्तित भएका हुन् । नगरपालिकाले बर्सेनि ठेक्का दिन्छ तर, कहाँबाट उत्खनन् गर्ने भनेर एकिन नगर्दिँदा व्यवसायीले मनपरिरुपमा नदिजन्यबस्तु निकाल्ने गरेका पाईएको हो ।

सुनसान स्थान र राति डोजर खोलाभित्रै लगेर नदिजन्य बस्तु निकाल्ने गरेको पाईएको छ । स्थानीय प्रशासनले सामान्य जरिवाना बाहेक अरु काट्ने गरेको छैन् । जसका कारण व्यवसायीहरु हौसिका हुन् । कानुनविपरित दैलेखमा क्रसर उद्योग खुलेआम चलिरहेका छन् । अवैध रुपमा चलेका त्यस्ता क्रसर उद्योगले प्रहरी प्रशासनसँग सेटिङ मिलाएर नदिजन्य बस्तु विक्रि गर्ने गरेका छन् । नारायण र दुल्लुनगरपालिकाबाट न्यून राजश्व उठेको पाईएको छ । वर्षेनी नदिजन्य बस्तु निकाशीको लागि ठेक्का आह्वान भएपनि कम मूल्यमा ठेक्का पर्ने गरेको छ । व्यवसायीहरुले खुलेआम खोलाबाटै ठुलो मात्रामा नदिजन्य बस्तु चोरी निकासी गरेर लैजाने गर्दछन् । पक्की पुलकै आसपासबाट धेरै नदिजन्य बस्तु निकासी गरेका कारण पुल जोखिममा पर्ने गरेको छ । मनपरिरुपमा नदिजन्य बस्तु निकाल्दा नदी सतह घट्दो अवस्थामा रहेको छ ।दैलेखमा मुख्यगरी लोहोरे खोला, छामघाट खोला र पादुका खोलामा बढी नदिजन्य बस्तु दोहन हुने गर्दछ ।

विकासका नाममा वर्षौदेखि क्रसर उद्योग राखेर अवैध धन्दा खुलेआम चलाएपछि दैलेखमा आउने प्रहरी प्रमुख र प्रमुख जिल्ला अधिकारीहरु चुपचाप कार्यकाल विताएरै जाने गर्दछन् । जसको कारण यहाँका खोलानालामा मनपरि तस्करको राज हुने गरेको छ ।न्यून राजश्व आर्थिक वर्ष ०७९/८० मा १७ लाख ९६ हजार ३ सय १० रुपैयाँ, ०८०/०८१ मा १९ लाख ९९ हजार ७ सय ७७ रुपैयाँ, ०८१/८२ मा १० लाख ६७ हजार रुपैयाँमा ढुंगा गिट्टी र बालुवाको ठेक्काबाट राजश्व आएको नारायण नगरपालिकाका राजश्व शाखा प्रमुख सुजन विकले बताए । नारायणमा लोहोरे, छामघाट खोलाबाट नदिजन्य बस्तु उत्खनन्का लागि ठेक्का आह्वान गरिएको हो । दुई वर्षयता मात्र दुल्लुमा राजश्व संकलन हुन थालेको छ । जसमा ०७९/०८० मा दुल्लुमा ठेक्का नै लाग्न सकेन् । ०८०/०८१ मा ५ लाख ३८ हजार ६ सय ३० रुपैयाँ र ०८१/८२ मा ७ लाख ७४ हजार ३ सय रुपैयाँ ठेक्काबाट राजश्व संकलन भएको दुल्लु नगरपालिकाका राजश्व शाखाका प्रमुख दिपेन्द्र शाहीले बताए । दुल्लुमा छामछाट, लोहोरे, पादुका र कर्णाली नदी पर्दछन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बुटवलबाट गुल्मी जाँदै गरेको ईभी गाडी दुर्घटना, ३ जना यात्रु गम्भीर घाइते
सर्वसाधारणका लागि काठमाडौं उपत्यकामा प्रहरीले चलायो बस
यू-१९ एसिया कप : नेपाल पहिलो खेलमा आज श्रीलंकासँग भिड्दै
प्रमुख दलका शीर्ष नेताहरु ओली, देउवा र प्रचण्ड एउटै मञ्चमा
उपराष्ट्रपति यादव र सार्क महासचिवबीच शिष्टाचार भेटवार्ता
सर्लाहीबाट २७ लाख हुन्डीको रकमसहित २ जना पक्राउ
टिप्परको ठक्करबाट मोटरसाइकलमा सवार बाबुछोराको मृत्यु
प्रसाईंलाई सरकारी वकिलको कार्यालय लगियो
कलाक्षेत्रको साइबर अपराध हेर्ने गरी ‘फोकल पर्सन’ तोक्न गृहमन्त्रीको निर्देशन
मन्त्री यादवद्वारा सिंहदरबारमा मेलम्चीको शुद्ध खानेपानी वितरण कार्यको शुभारम्भ