पशुपति देवपत्तनमा सञ्चालन हुने पूजा र जात्राको समय तालिका सार्वजनिक

nepaltathya_news nepaltathya_news
|
बुधबार, फाल्गुन २७, २०८२
|
|
२३ पटक हेरिएको
Shares

सारांश

  •   २७ फागुन,काठमाडौं ।
  • पशुपतिनाथमा पशुपति देवपत्तनमा सञ्चालन हुने जात्रा पर्व  र पूजाको  समय तालिका सार्वजनिक भएको छ ।
  •   फागुन २७ गतेदेखि चैत्र ६ गतेबाट पशुपति देवपत्तनमा सञ्चालन हुने पूजा र जात्राको कार्यक्रमको समय तालिका सार्वजनिक भएको हो ।

 

२७ फागुन,काठमाडौं ।

पशुपतिनाथमा पशुपति देवपत्तनमा सञ्चालन हुने जात्रा पर्व  र पूजाको  समय तालिका सार्वजनिक भएको छ ।  फागुन २७ गतेदेखि चैत्र ६ गतेबाट पशुपति देवपत्तनमा सञ्चालन हुने पूजा र जात्राको कार्यक्रमको समय तालिका सार्वजनिक भएको हो ।


पशुपति देवपत्तनमा पूजा, पाहाँचरे पर्व, माता श्री वत्सलेश्वरी देवी एवं माता बज्रेश्वरी देवीको पर्व पूजा तथा जात्राको कार्यक्रमको समय तालिका सार्वजनिक भएको हो । चैत्र ३ गते मंगलबार चैत्रकृष्ण चतुर्दशी भएकोले राति ९ः३० बजे श्रीवत्सलेश्वरी देवीमा कर्मचारी पूजाका लागि आकाश भैरव, महादेव, वत्सलेश्वरी माताको प्रतिमूर्ति घटमा राखी श्रीवत्सलेश्वरी मन्दिरमा लैजाने भएको छ।

चैत्र ४ गते चैत्रकृष्ण औँसी र प्रतिपदा भएकोले बिहान ७ देखि राति ५ बजे सम्म तिलगंगा टोलबाट बज्रेश्वरीको मूर्ति इन्द्रायणीमा ल्याउने र सोही दिन श्रीवत्सलेश्वरीको घटयात्रा सुरु हुने छ । यसै दिन माता श्रीवत्सलेश्वरी एवं आकाश भैरवको जात्रा पनि आरम्भ हुने छ । चैत्र ५ गते बिहीबार राति ५ बजे पशुपतिनाथ मन्दिर तहबिलबाट विशेष पूजा चलाउने भएको छ ।

यसै दिन राति ९ बजे पशुपतिनाथ अमलकोट कचहरीबाट बाजागाजा सहित श्रीका मूलपूजारी निवासमा जाने र मूलपूजारीज्यूबाट सम्पूर्ण रकम तथा कर्मचारीलाई पगरी बाँड्ने काम हुनेछ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

रूस–युक्रेन द्वन्द्व उग्र : दुवैले ऊर्जा तथा सैन्य पूर्वाधारमाथि व्यापक आक्रमणको दाबी
भागेका कैदीबन्दीलाई सम्पर्कमा नआए कारबाही हुने विभागको चेतावनी
रन्जिता श्रेष्ठलाई स्पष्टीकरण सोध्ने निर्णय, स्पष्टीकरण नबुझाए अध्यक्ष पदबाट बर्खास्त गरिने चेतावनी
मधेस प्रदेश : मन्त्रालय खोसिएपछि जनमत पार्टी आक्रोशित
ललितपुर–३ मा तोसिमा कार्कीको अग्रता कायम
संसद्‌मा उठ्यो रंगशालामा दर्शक पिटिएको घटना
संयुक्त निर्वाचन सञ्चालन’ केन्द्र उद्घाटन, समस्या तक्षणमै समाधान गरिने
झापामा जंगली हात्तीको आक्रमणबाट वृद्धको मृत्यु
अन्तर्राष्ट्रिय टी-२० सिरिजको चौथो खेल : नेपाल र मलेसियाबीच हुँदै
रौतहटमा सवारी दुर्घट्ना, स्कूटर चालकको खुट्टा भाँचियो