मर्स्याङ्दी जलविद्युतबाट प्रभावित परिवालाई २१ करोड मुआब्जा वितरण

nepaltathya_news nepaltathya_news
|
मंगलबार, बैशाख ९, २०८२
|
|
२२ पटक हेरिएको
Shares

सारांश

  •   ९ वैशाख, तनहुँ ।
  •   तनहुँको आँबुखैरेनी गाउँपालिका–४ स्थित मर्स्याङ्दी जलविद्युत् केन्द्रबाट प्रभावित १९ परिवारलाई मुआब्जा वितरण गरिएको छ ।
  • केन्द्रका अनुसार १४ परिवारका जग्गा र पाँच घरसहित नौ रोपनी १० आना दुई पैसा तीन दाम जग्गा अधिग्रहण गरेपछि मुआब्जा वितरण गरिएको हो ।

 

९ वैशाख, तनहुँ । 

तनहुँको आँबुखैरेनी गाउँपालिका–४ स्थित मर्स्याङ्दी जलविद्युत् केन्द्रबाट प्रभावित १९ परिवारलाई मुआब्जा वितरण गरिएको छ । केन्द्रका अनुसार १४ परिवारका जग्गा र पाँच घरसहित नौ रोपनी १० आना दुई पैसा तीन दाम जग्गा अधिग्रहण गरेपछि मुआब्जा वितरण गरिएको हो । जग्गा अधिग्रहणका लागि २१ करोड ७८ लाख ८५ हजार ९६७ रकम प्रदान गरिएको केन्द्रका प्रमुख इञ्जिनियर पशुपति गौतमले जानकारी दिए । उनका अनुसार जग्गाका लागि रु १७ करोड ८७ लाख ८६ हजार छ सय ५२ र घर टहराका लागि रु तीन करोड ९० लाख ९९ हजार ३१५ वितरण गरिएको छ ।

प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा बसेको मुआब्जा निर्धारण समितिको बैठकको निर्णयअनुसार प्रतिरोपनी रु एक करोड ८४ लाख ९२ हजार ६८० का दरले जग्गाको मुआब्जा निर्धारण गरिएको थियो । आँबुखैरेनी गाउँपालिका–२ एक्लेफाँटका बासिन्दा डुबानमा परेपछि मुआब्जाका लागि आन्दोलन गर्दै आएका थिए । अहिले मुआब्जा पाएपछि प्रभावित बासिन्दा खुसी भएका छन् । केन्द्रको बाँध किनारमा रहेका स्थानीयको जग्गा स्थायी रूपले प्राप्त गर्नका लागि निर्धारण गरिएको मुआब्जा वितरण कार्य पूरा भएको केन्द्रका प्रमुख गौतमले जानकारी दिए । उनका अनुसार ६९ मेगावाट विद्युत् उत्पादन क्षमता रहेको आयोजनाको बाँधले सो क्षेत्रको बस्ती डुबान र कटानमा परेपछि जग्गा अधिग्रहण गरिएको हो । मानवीय क्षति हुने खतरा देखिएकाले त्यस ठाउँका सर्वसाधारणले मुआब्जा दिएर सुरक्षित स्थानमा स्थानान्तरण गर्न माग गर्दै आएका थिए । मुआब्जा पाउन संघर्ष गर्नुपरेको भन्दै ढिलै भएपनि मुआब्जा पाएपछि प्रभावित बासिन्दा खुसी भएका आँबुखैरेनी गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले बताए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

अत्याधिक वायु प्रदूषणले हवाइ उडान प्रभावित, व्यवसायी निराश
करेन्ट लागेर हलो जोतिरहेका पुरुष र गोरुको मृत्यु
सर्लाही– १ मा रास्वपाकी नीतिमा कार्की विजयी
ललितपुरमा विदेशी सहयोगमा इस्लाम धर्म प्रचार, अध्यागमनको निगरानीमा टर्किस संस्था
असोज २९ देखि १८ औं गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी हुँदै
सर्लाहीमा महायज्ञः सोमबार मात्र १३ लाख ६२ हजारभन्दा बढी दान संकलन
अहिलेको परिवर्तन आतंक र हिंसाबाट भएको हो : शंकर पोखरेल
रौतहटमा सवारी दुर्घट्ना, स्कूटर चालकको खुट्टा भाँचियो
सञ्चारमन्त्री खरेल दक्षिण कोरिया भ्रमणमा जाने
प्रहरी परिसरमै किन आत्म*दाहमा उत्रिए नथुनी मुखिया?