मुन्दम पदमार्गको प्रवर्द्धन गर्न राष्ट्रिय चित्रकला

nepaltathya_news nepaltathya_news
|
सोमबार, जेठ ५, २०८२
|
|
१९ पटक हेरिएको
Shares

सारांश

  •   ५ जेठ, भोजपुर।
  • मुन्दुम पदमार्गको विकास तथा प्रवद्र्धन गर्न यहाँको पर्यटकीयस्थल चखेवामा क्यानभासमा टेम्केमैयुङ ‘राष्ट्रिय चित्रकला कार्यशाला’ २०८२ सुरु भएको छ ।
  • मुन्दुम पदमार्गका रहेको विभिन्न प्राकृतिक सौन्दर्यसँगै कला संस्कतिलाई चित्रमा उतार्नका लागि तीनदिने चित्रकला कार्यशाला सञ्चालन गरिएको हो ।

 

५ जेठ, भोजपुर।

मुन्दुम पदमार्गको विकास तथा प्रवद्र्धन गर्न यहाँको पर्यटकीयस्थल चखेवामा क्यानभासमा टेम्केमैयुङ ‘राष्ट्रिय चित्रकला कार्यशाला’ २०८२ सुरु भएको छ । मुन्दुम पदमार्गका रहेको विभिन्न प्राकृतिक सौन्दर्यसँगै कला संस्कतिलाई चित्रमा उतार्नका लागि तीनदिने चित्रकला कार्यशाला सञ्चालन गरिएको हो । कार्यशालामा २० जना राष्ट्रिय चित्रकारको सहभागिता रहेको छ । कलाकारहरुले मुन्दुम पदमार्गको प्रवर्द्धनका लागि ऐतिहासिक, प्राकृतिक, धार्मिक सांस्कृति तथा किरात सस्कृतिसँग जोडिएका विभिन्न मिथक, बिम्बहरुलाई चित्रमा उतार्ने चित्रकला विभागका प्रमख सञ्जय बान्तावाले जानकारी दिनुभयो ।

कलाको माध्यमबाट यहाँको रैथाने संस्कृतिलाई समेत उजागर गर्न टेवा पुग्ने उहाँको भनाइ छ । चखेवामा पहिलो पटक हुन लागेको चित्रकला कार्यशालाले पर्यटन क्षेत्रको विकासमा सहयोग पुग्ने उहाँको भनाइ छ । “चित्रकलामार्पmत यहाँको प्राकृतिकसँगै धार्मिक सांस्कृतिलाई चित्रमा उतारिने छ”, प्रमुख बान्तावाले भन्नुभयो, “बीस जना कलाकारहरुले यहाँको यो पदमार्गसँगै यहाँका सबै क्षेत्रलाई चित्रमा समावेश गर्नु हुनेछ ।” चित्रकलाको माध्यमबाट मुन्दुम पदमार्गको प्रचारप्रसारसँगै प्रवद्र्धन गर्ने लक्ष्यले राष्ट्रिय चित्रकला कार्यशालाको आयोजना गरिएको टेम्केमैयुङ गाउँपालिकाका अध्यक्ष सरोज बस्नेतले बताउनुभयो । चित्रकला प्रदर्शनीमार्फत यहाँको प्राकृतिक धार्मिक, सांस्कृतिक रहनसहनलाई देशविदेशसम्म चिनाउन सहयोग पुग्ने अध्यक्ष बस्नेतको भनाइ छ ।

गाउँपालिकाले मुन्दुम पदमार्गको विकासका लागि योजनाबद्ध रुपमा काम गरिरहेको उहाँको भनाइ छ । यो पदमार्गको विकासका लागि विभिन्न जिल्लाका सात स्थानीय तह साझा धारणा घोषणा गरेर प्रवद्र्धन तथा विकासमा जुटेको अध्यक्ष बस्नेतको भनाइ छ । “गाउँपालिकाले पर्यटन र कृषिलाई यहाँको मुख्य आधार बनाएर काम गरिरहेको छ”, अध्यक्ष बस्नेतले भन्नुभयो, “पर्यटनलाई कलासँग जोडेर प्रचारप्रसार गर्न चित्रकला कार्यशालाको आयोजना गरिएको हो, यसले पदमार्गको प्रवद्र्धनमा सहयोग पुग्छ भन्ने हामीले अपेक्षा लिएका छौँ ।” यस वर्ष पनि नेपाल सरकार, गाउँपालिका र स्विस सरकारको लागत साझेदारीमा रु एक करोड ९० लाख लागतमा पदमार्गको संरक्षणसँगै विस्तारको काम भइरहेको अध्यक्ष बस्नेतले जानकारी दिनुभयो । कार्याशाला गाउँपालिकाको आयोजना, पर्यटन बोर्डको प्रवद्र्धन तथा नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानको सहकार्यमा सुरु गरिएको हो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

स्रोत नखुलेको दुई लाख भन्दा बढि रुपैयाँसहित भारतीय पक्राउ
बेथिति र भ्रष्टाचारलाई बचाउने कोसिस नगर्न सरकारलाई प्रचण्डको चेतावनी
मन्त्रिपरिषद् पुग्यो भूमि विधेयक
छलफलमा जुट्दै सभामुख र प्रमुख सचेतकहरू
दशैंमा घर जाने रहर कसलाई हुँदैन र, दशैंभन्दा जिम्मेवारी ठूलो: ट्राफिक प्रहरी
पासपोर्ट र भिसाबिना वीरगञ्जको होटलमा बस्ने बंगलादेशी नागरिक पक्राउ
रौतहटको दुई छुट्टाछुटै स्थानमा आगोलागी, रु १० लाख बराबरको क्षती
डडेल्धुरामा ठूलो उलटफेर, देउवा जित्दै आएको क्षेत्रमा रास्वपाको कब्जा
जेनजीको मिराज समूहले गर्यो आन्दोलनको घोषणा, सरकार असफल भएको आरोप
उपराष्ट्रपतिसँग भारतका राजदूतको शिष्टाचार भेट