रौतहटको दुई छुट्टाछुटै स्थानमा आगोलागी, रु १० लाख बराबरको क्षती

nepaltathya_news nepaltathya_news
|
मंगलबार, चैत्र १९, २०८१
|
|
८ पटक हेरिएको
Shares

सारांश

  •   १९ चैत, रौतहट ।
  • रौतहटको दुई छुट्टाछुटै स्थानमा भएको आगोलागीमा रु.
  • १० लाख ३८ हजार बराबरको क्षती भएको छ ।

 

१९ चैत, रौतहट ।

रौतहटको दुई छुट्टाछुटै स्थानमा भएको आगोलागीमा रु.१० लाख ३८ हजार बराबरको क्षती भएको छ । गरुडा नगरपालिका –५ मा रहेको ठाकुर ग्रिल उद्योगमा सोमबार बेलुका करिब ९ बजे तिर आगलागी भएको हो ।आगलागीको घटनाका बारेमा जानकारी पाउनका साथ ईलाका प्रहरी कार्यालय गरुडाका प्रहरी निरीक्षक ओम प्रकाश यादवको नेतृत्वको टोलि खटिएको थियोे ।सुरक्षाकर्मी , स्थानियबासी र वरुण यन्त्र (दमकल ) सहयोगमा आगो करीब एक घण्टा नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यलय रौतहटका प्रवक्ता एवं डिएसपी दिपक कुमार रायले बताए ।

उनका अनुसार बिद्युत तार सर्ट भएर आगोलागी भएको अनुमान गरिएको छ । आगोलागीबाट उद्योगमा रहेको टायर, वल्डिङ मेसिन ,मर्मतका लागी राखिएको ट्याक्टर लगायत जलेर क्षती पुगेको उनले जानकारी दिए । आगोलागीबाट कुनै प्रकारको मानवीय क्षती नभएको उनको भनाइ छ । आगोलागीमा रु.१० लाख बराबरको क्षती भएको प्रहरीले जानकारी दिएको छ ।यस्तै इशनाथ नगरपालिका ६ जयनगर बस्ने शेख वसिर अख्तरको पक्की घरको एक कोठामा आगोलागी भएको रौतहट प्रहरीले जनाएको छ ।

आगोलागीबाट कोठामा रहेका टि.भी , पलङ र साइकल लगायत जलेर क्षती भएको प्रहरीको भनाइ छ । घरको कोठामा मात्र आगोलागी भएकाले करीब ३८ हजार बराबरको क्षती भएको जिल्ला प्रहरी कार्यलय रौतहटले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

आज कुन देशको मुद्राको विनिमय दर कति ?
जन्मकैद सजाय पाएर कारागारबाट फरार भएका व्यक्ति १२ वर्षपछि पक्राउ
मधेश प्रदेशसभा सदस्य सिंहसहित १६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
विश्वविद्यालयको तेस्रो दीक्षान्त समारोहमा सहभागी हुन प्रधानमन्त्री ओली लुम्बिनीमा
कर्मचारीलाई हात लगाएपछि न्युजिल्याण्डका मन्त्रीद्वारा राजीनामा
काठमाडौंमा सरकारविरुद्ध आजपाको प्रदर्शन,
भारतमा ट्रकले ठक्कर दिँदा पाँच जनाको मृत्यु, ३५ घाइते
राराबका क्याम्पस प्रमुखलाई अपरिचित व्यक्तिले दले कालोमोसो
हत्कडीसहित फरार थुनुवा बालाजु बसपार्कबाट पक्राउ
मापदण्डविपरीत उम्मेदवार सिफारिस नगर्न कांग्रेसको निर्देशन