पासपोर्ट र भिसाबिना वीरगञ्जको होटलमा बस्ने बंगलादेशी नागरिक पक्राउ

nepaltathya_news nepaltathya_news
|
बिहिबार, भाद्र २७, २०८१
|
|
३ पटक हेरिएको
Shares

सारांश

  •   २७ भदौ , वीरगञ्ज – पासपोर्ट र भिसाबिना वीरगञ्जको होटेलमा बस्ने एक जना बंगलादेशी नागरिक बिहीबार पक्राउ परेका छन्।
  • पक्राउ पर्नेमा बंगलादेश सिलेट होबीगंज होल्डिङ नं.
  • ७७७ ठेगाना भएका २९ बर्षीय महमद सहादत हुसेन छन्।

 

२७ भदौ , वीरगञ्ज – पासपोर्ट र भिसाबिना वीरगञ्जको होटेलमा बस्ने एक जना बंगलादेशी नागरिक बिहीबार पक्राउ परेका छन्। Worldlink adsपक्राउ पर्नेमा बंगलादेश सिलेट होबीगंज होल्डिङ नं.७७७ ठेगाना भएका २९ बर्षीय महमद सहादत हुसेन छन्। प्रहरीले चाँडपर्वलाई लक्षित गरी वीरगञ्ज स्थित रहेका होटलहरूको चेकजाँच गरेको थियो । सो क्रममा वीरगञ्ज महानगरपालिका–१६ बसपार्क स्थितमा रहेको आर्यन होटल एण्ड लजको कोठा नं.२०२ मा फेला पारि सोधपुछ गर्दा उनको साथमा पासपोर्ट र भिसा लगायतका कागजहरु नरहेकोले पक्राउ गरिएको पर्साका प्रहरी प्रबक्ता डिएसपी दिपक भारतीले जानकारी दिए। पक्राउ परेका हुसेनलाई आवशयक कारवाहीको लागि अध्यागमन कार्यालय वीरगञ्जमा बुझाइएको उनले बताए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?