सप्तरीका पत्रकार यादवमाथि छुरा प्रहार

nepaltathya_news nepaltathya_news
|
शुक्रबार, श्रावण ३०, २०८२
|
|
३ पटक हेरिएको
Shares

सारांश

  •   सप्तरी, ३० साउन।
  • सप्तरीका पत्रकार सौरभ यादवमाथि शुक्रबार बिहान छुरा प्रहार भएको छ।
  • बिहान १०:४२ बजेतिर राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालको दक्षिण गेटअगाडि अन्य पत्रकारहरूसँग बसिरहेका बेला मोटरसाइकलमा आएका तीन जनाको समूहले उनलाई आक्रमण गरेको हो।

 

सप्तरी, ३० साउन।
सप्तरीका पत्रकार सौरभ यादवमाथि शुक्रबार बिहान छुरा प्रहार भएको छ। बिहान १०:४२ बजेतिर राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालको दक्षिण गेटअगाडि अन्य पत्रकारहरूसँग बसिरहेका बेला मोटरसाइकलमा आएका तीन जनाको समूहले उनलाई आक्रमण गरेको हो।

पीडित यादवका अनुसार छिन्नमस्ता गाउँपालिका–१, वीरपुरका कृष्णनाथ यादव, राजविराज–११ का राजु यादव र विष्णुपुर गाउँपालिका–७ का राजबाबु झाले चक्कु, बेल्ट र हेलमेट प्रयोग गरी आक्रमण गरेका थिए। घटनामा दायाँ हातमा छुरा प्रहार र शरीरमा चोट लागेका यादव हाल गजेन्द्रनारायण सिंह अस्पतालमा उपचाररत छन्। उनी नयाँ पत्रिका दैनिकका सप्तरी संवाददाता हुन्।

सप्तरीका प्रहरी उपरीक्षक गौतम कुमार केसीका अनुसार घटनामा संलग्न एक जनालाई पक्राउ गरिएको छ भने अन्य दुई जनाको खोजी जारी छ। उनले घटनाबारे थप अनुसन्धान भइरहेको बताए।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?