मेक्सिकन नौसेनाको जहाज दुर्घटनामा २ जनाको मृत्यु, १९ जना घाइते

nepaltathya_news nepaltathya_news
|
आइतबार, जेठ ४, २०८२
|
|
३ पटक हेरिएको
Shares

सारांश

  •   ४ जेठ, काठमाडौं ।
  • मेक्सिकन नौसेनाको एक जहाज न्युयोर्क शहरस्थित ब्रुकलिन पुलमा ठोक्किंदा भएको दुर्घटनामा २ जनाको मृत्यु भएको छ ।
  • अन्य  १९ जना घाइते भएको बीबीसीले जनाएको छ ।

 

४ जेठ, काठमाडौं ।

मेक्सिकन नौसेनाको एक जहाज न्युयोर्क शहरस्थित ब्रुकलिन पुलमा ठोक्किंदा भएको दुर्घटनामा २ जनाको मृत्यु भएको छ । अन्य  १९ जना घाइते भएको बीबीसीले जनाएको छ । जहाज एक विशेष समारोहका लागि जाँदै थियो । शनिबार साँझ उक्त जहाज पुलमुनिबाट जाँदै गर्दा मुस्तल (जहाजको माथि राखिने विशाल खम्बा) ठोक्किएर दुर्घटना भएको हो ।

मुस्तलका टुक्रा जहाजमाथि नै खसेका थिए । त्यस क्रममा मानवीय क्षति भएको हो । जहाजमा २७७ जना सवार थिए । अन्य सेना भने सकुशल रहेका छन् । न्युयोर्क प्रहरीका अनुसार इन्जिनमा आएको समस्या र विद्युत अवरोधका कारण जहाज अनियन्त्रित भएको थियो । जहाजका तीनवटा मुस्तल भाँचिएका छन् । र, ती मुस्तलबाट नौसैनिकहरू खसेको भिडियोहरूमा देखिएको छ । न्युयोर्कका मेयर एरिक एडम्सले पनि दुर्घटनामा मानवीय क्षति भएको पुष्टि गरेका छन् । उनले एक्समा उल्लेख गरे अनुसार २ जनाको मृत्यु र १९ जना घाइते हुनुबाहेक अन्य कुनै पनि व्यक्ति हराएका छैनन् ।

घटनापछि केही समयका लागि बन्द गरिएको ब्रुकलिन पुल प्रारम्भिक परीक्षण गरी पुन: सञ्चालनमा ल्याइएको छ । मेक्सिकोकी राष्ट्रपति क्लाउडिया शेनबाउमले दुई जना चालक दलका सदस्यको मृत्युले आफू दुःखी भएको बताएकी छन् । दुर्घटनापछि जहाजलाई उक्त स्थानबाट हटाइएको छ। मेक्सिकन नौसेनाका अनुसार सन् १९८२ मा निर्माण भएको यो जहाज ९१ मिटर लामो र १२ मिटर चौडाइको छ । नौसैनिक प्रशिक्षण पूरा गर्न प्रत्येक वर्ष यो जहाज क्याडेटहरू लिएर यात्रामा निस्कन्छ । प्रहरीका अनुसार जहाजको मुस्तलको उचाइ ४८.२ मिटर थियो, जबकि ब्रुकलिन पुलको बीच भागको उचाइ ४१.१ मिटर (१३५ फिट) मात्रै छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मधेश प्रदेशको राजनीतिक अवस्थाका कारण संघीयतामाथि प्रश्न उठ्यो : खगराज अधिकारी
सेयर बजारको उछाल कायमै, एकैदिन सवा २७ अर्बको कारोबार
युवालाई २० लाखसम्म बिनाधितो कर्जा दिइने
मुगु एमालेमा प्रतिनिधि छनोट अपारदर्शी भन्दै कार्यकर्ता असन्तुष्ट
भिरमा मह काढेको छायाङ्कन गर्न नेशनल जियोग्राफी टोली म्याग्दीमा
आजको मौसम पूर्वानुमान : देशभर आंशिकदेखि साधारणतया बदली रहने
प्रतिनिधि सभा निर्वाचन आउन ८५ दिन बाँकी, केही मतदानस्थल पुनरावलोकन गरिँदै
२६०९ अंकमा झर्‍यो नेप्से, कारोबार रकम भने बढ्यो
दुई वर्षमा तीन सय ४३ उद्योग तथा व्यवसाय बन्द
मापदण्डअनुसार राहत र निःशुल्क उपचार गर्न निर्देशन