एक महिनामै आगलागीबाट एघार जनाको मृ*त्यु, ६७ जना घाइते

nepaltathya_news nepaltathya_news
|
मंगलबार, जेठ १३, २०८२
|
|
६ पटक हेरिएको
Shares

सारांश

  •   १३ जेठ, काठमाडौं ।
  •   देशभर पछिल्लो एक महिनामै आगलागीबाट ११ जनाले ज्यान गुमाएका छन् ।
  • जसमा तीन पुरुष, पाँच महिला, दुई बालक र एक बालिका छन् ।

 

१३ जेठ, काठमाडौं । 

देशभर पछिल्लो एक महिनामै आगलागीबाट ११ जनाले ज्यान गुमाएका छन् । जसमा तीन पुरुष, पाँच महिला, दुई बालक र एक बालिका छन् । नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक रमेश थापाले गएको वैशाखको तथ्याङ्क विश्लेषण गर्दा सो अवधिमा आगलागीबाट ६७ जना घाइते भएको पनि जानकारी दिनुभयो । घाइते हुनेमा २७ पुरुष, ३२ महिला र आठ बालबालिका छन् ।

आगलागीका घटनामा बढोत्तरी भएसँगै ठूलो भौतिक तथा मानवीय क्षति हुने गरेको उहाँले बताउनुभयो । नागरिक सचेत भए पनि घेरै घटना रोक्न सकिने जनाइएको छ । प्रहरीले एक महिनामा आगलागीबाट १५१ घर, १०१ गोठ र तीनवटा ससरकारी कार्यालयमा क्षति पुगेको जानकारी दिएको छ । आगलागीबाट १८९ पशुचौपायसमेत मरेको छ । ती आगलागीका घटनाबाट २४ करोड १९ लाख ५९ हजार बढीको आर्थिक क्षति पनि भएको प्रहरीको तथ्याङ्कमा उल्लेख छ । आगलागीबाट ११० परिवार विस्थापित नै भएका छन् । एक महिनामै ६३४ वटा आगलागीका घटना भएको पनि प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

कुन प्रदेशमा कति आगलागीका घटना ? प्रहरीका अनुसार वैशाख महिनामा सबैभन्दा बढी आगलागीका घटना लुम्बिनी प्रदेशमा भएको छ । उक्त प्रदेशमा १४३ वटा आगलागीका घटना भएको छ । त्यसपछि १३६ वटा आगलागीका घटना कोशी प्रदेशमा भएको छ । यसैगरी, १०४ वटा आगलागीका घटना मधेश प्रदेशमा भएको पनि प्रवक्ता थापाले बताउनुभयो । यसैगरी, बागमतीमा ६४, काठमाडौँ उपत्यकामा ३२, गण्डकी प्रदेशमा ५३, कर्णाली प्रदेशमा ४३ र सुदूरपश्चिम प्रदेशमा ५९ वटा आगलागीका घटना भएको प्रहरीले जानकारी दिएको छ । धेरै आगलागीका घटना मानवीय कारणले हुने गरेको आगलागीसँग सम्बन्धित विज्ञहरूले बताउँदै आएका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

दीपक मनाङेलाई पक्राउ गरेर अदालत लगियो,
कुलमान घिसिङको पार्टीको नाम उज्यालो नेपाल रहने सहमति, चुनाव चिह्न चिम
तीनकुने प्रदर्शनबारे जवाफ दिन गृहमन्त्रीलाई संसदीय समितिमा बोलाइयो
प्रसूति गृहलाई एम्बुलेन्स हस्तान्तरण
मधेशमा सांसदहरूबीच हात हालाहाल, सभामुखविरुद्ध अविश्वासको प्रस्ताव दर्ता,
रास्वपाले बोलायो सचिवालयको आकस्मिक बैठक
मधेशमा तत्कालीन क्याबिनेटका सबै निर्णय बदर
प्रधानमन्त्री सुशीला कार्कीले ४४ देशका राजदूतसँग छलफल गर्दै
ह्वाइटहाउसद्वारा हार्वर्ड विश्वविद्यालयमा विदेशी विद्यार्थी भर्ना अनुमति रोक्का
काठमाडौं महानगरपालिकामा पनि सुरु भयो स्वास्थ्य बीमा