मधेश प्रदेशको राजनीतिक अवस्थाका कारण संघीयतामाथि प्रश्न उठ्यो : खगराज अधिकारी

nepaltathya_news nepaltathya_news
|
सोमबार, मंसिर १, २०८२
|
|
७ पटक हेरिएको
Shares

सारांश

  • १ मंसिर, जनकपुर ।
  • नेकपा एमाले स्थायी समिति सदस्य एवम गण्डकी प्रदेशका पूर्व मुख्यमन्त्री खगराज अधिकारीले मधेश प्रदेशको अहिलेको राजनीतिक अवस्थाका कारण संघीयतामाथि नै प्रश्न उठ्न थालेको बताएका छन् ।
  • सोमबार (आज) जनकपुर विमानस्थलमा सञ्चारकर्मीहरुसंग कुरा गर्दै अधिकारीले मधेश प्रदेशका सबै दलहरुले छनिक बेरको राजनीतिक स्वार्थ बिर्सेर एक जुट भएर संघीयतालाई प्रभावकारी बनाउनुपर्ने अहिलेको आवश्यकता रहेको बताए ।

१ मंसिर, जनकपुर

नेकपा एमाले स्थायी समिति सदस्य एवम गण्डकी प्रदेशका पूर्व मुख्यमन्त्री खगराज अधिकारीले मधेश प्रदेशको अहिलेको राजनीतिक अवस्थाका कारण संघीयतामाथि नै प्रश्न उठ्न थालेको बताएका छन् । सोमबार (आज) जनकपुर विमानस्थलमा सञ्चारकर्मीहरुसंग कुरा गर्दै अधिकारीले मधेश प्रदेशका सबै दलहरुले छनिक बेरको राजनीतिक स्वार्थ बिर्सेर एक जुट भएर संघीयतालाई प्रभावकारी बनाउनुपर्ने अहिलेको आवश्यकता रहेको बताए ।
उनले मधेश प्रदेशलाई नमुना प्रदेश बनाउनका लागि सबैदलहरु एकताबद्ध हुनु पर्ने धारणा राखे । पदका लागि भइरहेको राजनीतिक खेलले संघीयता विरोधहरु बलियो हुँदै गइरहेको अधिकारीले बताए ।


अधिकारीले अहिलेको सरकार संविधान विपरीत बनेको सरकार रहेको बताए । उनले निर्वाचन हुने भने पनि अहिलेको सरकारले निर्वाचनका लागि आवश्य कुनै तयारी नगरेको बताए । उनले चुनाव नहुने कुरामा एमाले विश्वस्त रहेकोले नहुने चुनावका लागि एमालेले कुनै किसिमको जाने नजाने जस्ता कुरामा ध्यान नदिएको बताए ।सुरक्षाकर्मीहरुको हतियार, पोसाक, सामग्रीहरु लुटिएका छन् र जेलमा भएका कयौं कैदी बाहिर रहेको बेला चुनाव गराउने सोच्नु नै गलत रहेको उनले धारणा व्यक्त गरे । अधिकारीले संविधान पुनःस्थापना गर्नुनै राष्ट्रको हितमा रहेको बताए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?