गणतन्त्र आएपछि केही भएन भन्ने भाष्य ठीक होइन : अध्यक्ष दाहाल

nepaltathya_news nepaltathya_news
|
बुधबार, बैशाख १७, २०८२
|
|
८ पटक हेरिएको
Shares

सारांश

  •   कञ्चनपुर ।
  • नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय अर्थतन्त्रलाई बलियो बनाउन स्थानीय तहबाट आधार तयार गर्नुपर्नेमा जोड दिएका छन् ।
  • बेलौरी नगरपालिको पर्यटकीयस्थल सोभताल परिसरमा आज सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले अर्थतन्त्रलाई बलियो बनाउन स्थानीय तहबाट कृषि, वन, स्वास्थ्य, शिक्षा, रोजगारी, उद्योगलगायतमा जोड दिन सुझाव दिए ।

 

कञ्चनपुर । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय अर्थतन्त्रलाई बलियो बनाउन स्थानीय तहबाट आधार तयार गर्नुपर्नेमा जोड दिएका छन् । बेलौरी नगरपालिको पर्यटकीयस्थल सोभताल परिसरमा आज सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले अर्थतन्त्रलाई बलियो बनाउन स्थानीय तहबाट कृषि, वन, स्वास्थ्य, शिक्षा, रोजगारी, उद्योगलगायतमा जोड दिन सुझाव दिए । उनले भने, “कृषिलाई आधार बनाएर त्यसमै आधारित उद्योग स्थापना गरी अगाडि बढ्न सके अर्थतन्त्रमा टेवा पुग्ने छ ।

अहिलेको युग सूचना प्रविधिको युग भएकाले आइटी क्षेत्रलाई आत्मसात् गरी अगाडि बढ्नुपर्छ । ”गणतन्त्र आएपछि थालनी गरिएको मध्यपहाडी लोकमार्ग निर्माण अन्तिम चरणमा पुगेको चर्चा गर्दै उनले हुलाकी राजमार्ग निर्माणको कार्य अगाडि बढेको बताए । “गणतन्त्र आएपछि केही भएन भने भाष्य ठीक होइन”, उनले भने, “थुपै विकास निर्माण, भ्रष्टाचार निवारणका कार्य भएका छन्, जनताले अपेक्षा गरेअनुसार जति हुनुपर्दथ्यो, त्यो हुन सकेको छैन ।”

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

एमाले महाधिवेशनको दोस्रो दिन: समूहगत छलफल हुदैँ
मिथिला नगरपालिकाका ६४ परिवारलाई लालपुर्जा वितरण
खोलाको लाइसेन्स एउटा व्यक्तिको झोलामा हाल्ने प्रवृत्तिको अन्त्य होस्ः जनार्दन शर्मा
समानुपातिक सांसदलाई आयोगद्वारा प्रमाणपत्र प्रदान
ओभरटेक गर्ने क्रममा सन्तुलन गुमाउँदा बस दुर्घटना
स्वरूप परिवर्तन तथा ध्वनी प्रदूषण गर्ने १२ मोटरसाइकल नियन्त्रणमा
गण्डकी प्रदेशमा मङ्गलवार सार्वजनिक बिदा
गृहमन्त्री लेखकको रास्वपालक्षित अभिव्यक्तिः ‘कानुनले शासन गर्ने हो, भीडले होइन’
महाकुम्भ मेलाबाट फर्किनेक्रममा दुर्घटनामा परेर ४ जना नेपालीको मृत्यु
कुष्ठरोग प्रभावितप्रति राज्यले पर्याप्त काम गर्न सकेन : मन्त्री सिन्हा