मिथिला नगरपालिकाका ६४ परिवारलाई लालपुर्जा वितरण

nepaltathya_news nepaltathya_news
|
शुक्रबार, जेठ २, २०८२
|
|
१ पटक हेरिएको
Shares

सारांश

  •    २ जेठ, जनकपुर ।
  • धनुषाको मिथिला नगरपालिकामा लामो समयदेखि सुकुम्वासी (भूमिहीन) का रुपमा बस्दै आएका ६४ परिवारलाई आज एक समारोहबीच लालपुर्जा वितरण गरिएको छ ।
  • मिथिला नगरपालिकाको ढल्केवरमा आयोजित समारोहमा मिथिला नगरपालिका–१, ६ र ७ का भूमिहीनलाई सबै कानुनी प्रक्रिया पूरा गरी लालपुर्जा वितरण गरिएको हो ।

 

 २ जेठ, जनकपुर ।

धनुषाको मिथिला नगरपालिकामा लामो समयदेखि सुकुम्वासी (भूमिहीन) का रुपमा बस्दै आएका ६४ परिवारलाई आज एक समारोहबीच लालपुर्जा वितरण गरिएको छ । मिथिला नगरपालिकाको ढल्केवरमा आयोजित समारोहमा मिथिला नगरपालिका–१, ६ र ७ का भूमिहीनलाई सबै कानुनी प्रक्रिया पूरा गरी लालपुर्जा वितरण गरिएको हो ।

नापी कार्यालय धनुषाको दुई नं नापी टोलीले गाउँब्लकको जग्गा नापजाँच गरेर लालपुर्जा वितरण प्रक्रिया तयार गरेको थियो । त्यसैका आधारमा उनीहरुलाई लालपुर्जा वितरण गरिएको नापी कार्यालयका प्रमुख उमेश साहले जानकारी दिनुभयो । मिथिला नगरपालिकाका नगरप्रमुख महेन्द्र महतो, जिल्ला समन्वय समितिका प्रमुख राजनन्दन मण्डल, भूमि समस्या समाधान आयोगका अध्यक्ष सुरेश कोइरालालगायतले उहाँहरुलाई जग्गाधनी दर्ता प्रमाण पुर्जा वितरण गर्नुभयो । लालपुर्जा पाउने प्रक्रियाबाट वञ्चितलाई चाँडै कानुनी प्रक्रिया पूरा गरेर लालपुर्जा वितरण गरिने उहाँले बताउनुभयो ।

सो अवसरमा आयोगका अध्यक्ष कोइरालाले लालपुर्जा वितरणमा राजनीति नगर्न आग्रह गर्दै जग्गाजमिनमा लामो समयदेखि बस्दै आएका तर स्वामित्वको आधिकारिक कागजात नभएकाको समस्या चाँडो समाधान गर्नुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा २ नं नापी टोलीका प्रमुख शियाराम साह, मिथिला–६ का वडाध्यक्ष नन्दकिशोर यादव, वडा नं १ का वडाध्यक्ष योगी महतो र वडा नं ५ का वडाध्यक्ष रामचन्द्र महतो, नेपाली कांग्रेस धनुषाका कोषाध्यक्ष राजलाल महतोलगायतको उपस्थिति रहेको थियो । धनुषामा ७५ वटा गाउँब्लक रहेका छन् । यसमा ७२ गाउँब्लकको जग्गा नापजाँच भइसकेको छ । बाह्र गाउँब्लकको पुर्जा वितरण भइसकेको प्रमुख साहले बताउनुभयो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

महोत्तरीमा डाका समूहद्वारा ७० वर्षीय वृद्धको हत्या
दुर्गा प्रसाईं बने राजावादी आन्दोलनको कमाण्डर
आजको मौसम : पहाडी र हिमाली भूभागका केहि स्थानहरूमा वर्षाको सम्भावना
रविको बन्दीप्रत्यक्षीकरण रिट प्रधानन्यायाधीशसहितको इजलासमा
राष्ट्रिय क्रिकेट टोलीको कन्सल्ट्यान्टमा पोथस नियुक्त
ईश्वर पोखरेल प्यानलबाट उपाध्यक्षमा विष्ट र उपमहासचिवमा भट्टराई विजयी
वामदेवको दाबी– ‘आगामी निर्वाचनमा हामी दुई तिहाइ बहुमत ल्याउँछौँ’
ट्रम्प समर्थक चार्ली किर्कको विश्वविद्यालयमै गोली हानी ह*त्या
बजेट निर्माणका लागि मन्त्रालयगत छलफल शुरू
प्रतिनिधिसभा बैठक बस्दै, २ विधेयक प्रस्तुत गरिने