मलंगवामा मोटरसाइकल दुर्घटना हुँदा ४ जना गम्भीर घाइते

nepaltathya_news nepaltathya_news
|
शनिबार, मंसिर २२, २०८१
|
|
३ पटक हेरिएको
Shares

सारांश

  •   २२ मंसिर, सर्लाही ।
  • सर्लाहीको नवलपुर-मलंगवा सडक खण्डमा दुई मोटरसाइकल एक आपसमा ठोक्किँदा चार जना गम्भीर घाइते भएका छन्।
  • दुर्घटना मलंगवास्थित किसन ड्राइभिङ ट्रायल सेन्टर अगाडि भएको हो।

 

२२ मंसिर, सर्लाही । सर्लाहीको नवलपुर-मलंगवा सडक खण्डमा दुई मोटरसाइकल एक आपसमा ठोक्किँदा चार जना गम्भीर घाइते भएका छन्। दुर्घटना मलंगवास्थित किसन ड्राइभिङ ट्रायल सेन्टर अगाडि भएको हो।

प्रहरीका अनुसार, मलंगवाबाट कबिलासीतर्फ जाँदै गरेको मे ४ प ७२८९ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आइरहेको BR-06BP 6525 नम्बरको भारतीय मोटरसाइकल एकआपसमा ठोक्किएको हो। दुवै मोटरसाइकलमा दुई- दुई जना सवार चारै जनाको अवस्था गम्भीर रहेको जनाइएको छ। घाइतेहरूलाई तत्काल उपचारका लागि प्रादेशिक अस्पताल मलंगवा पठाइएको छ। दुर्घटना बारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।

 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

दक्षिण कोरिया पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ
अवसरवादीको चंगुलमा रास्वपा, अस्तित्व संकट कि नयाँ यात्राको आरम्भ ?
रास्वपाको विरोधपछि सभामुखले हटाए प्रधानमन्त्रीसँगको प्रश्नोत्तर कार्यक्रम
नागरिक उन्मुक्ति पार्टी नेपालले पायो दल दर्ताको प्रमाणपत्र
सशस्त्र प्रहरीद्वारा राप्ती नदीमा फसेका तीन जनाको उद्धार
जेनजीको मिराज समूहले गर्यो आन्दोलनको घोषणा, सरकार असफल भएको आरोप
मन्त्री कौशल किशोर रायविरुद्ध अनुशासन समितिको कारबाही प्रयास, राजनीतिक पूर्वाग्रहको आरोप
काठमाडौंमा विशेष सुरक्षा प्रबन्ध, ड्रोनबाट निगरानी
प्रधानमन्त्रीद्वारा सोलुखुम्बुको पर्यटन सडक उदघाटन
उपप्रधानमन्त्री प्रकाशमान सिंहले गरे मतदान