दिल्लीमा बाबुरामले भने- नेपालीको असन्तुष्टि ओली सरकारसँग हो, लोकतन्त्रसँग होइन

nepaltathya_news nepaltathya_news
|
सोमबार, बैशाख १५, २०८२
|
|
१ पटक हेरिएको
Shares

सारांश

  •   १५ वैशाख, काठमाडौं ।
  • नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष डा.
  • बाबुराम भट्टराईले नेपालमा देखिएको नागरिक असन्तुष्टि प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारप्रति रहेको जिकिर गरेका छन् ।

 

१५ वैशाख, काठमाडौं ।

नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष डा. बाबुराम भट्टराईले नेपालमा देखिएको नागरिक असन्तुष्टि प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारप्रति रहेको जिकिर गरेका छन् । भारत भ्रमणमा रहेका भट्टराईले सोमबार द हिन्दूसँगको अन्तर्वार्तामा नेपाली नागरिकको असन्तुष्टि लोकतन्त्रप्रति नभएको स्पष्ट पारेका हुन् ।

अन्तर्वार्तामा भट्टराईले नेपालमा लोकतान्त्रिक प्रक्रिया कमजोर हुने कुनै सम्भावना नरहेको बताएका छन् । उनले भनेका छन्, ‘नेपालमा राजतन्त्र फर्किने कुनै सम्भावना छैन र नागरिक असन्तोष ओली सरकारप्रति हो, लोकतन्त्रप्रति होइन ।’‘नेपाल अहिले शेरबहादुर देउवा, केपी शर्मा ओली र प्रचण्ड भन्ने तीन नेताको चक्रमा फसेको छ। आर्थिक विकास निकै सुस्त भएको कारण युवाहरु निराश छन्। जनताले परिवर्तन खोजिरहेका छन्, त्यसैले हामी नयाँ मोर्चा गठन गर्दैछौं,’ भट्टराईको भनाइ उद्धृत गर्दै द हिन्दूले लेखेको छ । पूर्वप्रधानमन्त्री समेत रहेका भट्टराईले बढ्दो असन्तुष्टि सम्बोधन गर्न नयाँ राजनीतिक मोर्चा ल्याउने तयारी भइरहेको बताएका छन् । उनले नयाँ मोर्चाको प्रारम्भिक नाम ‘प्रगतिशील लोकतान्त्रिक मोर्चा’ वा ‘प्रगतिशील समाजवादी मोर्चा’ राखिएको जानकारी पनि दिए।

२०८४ सालमा हुने आगामी निर्वाचनलाई लक्षित गर्दै विभिन्न नयाँ समूहहरू यो मोर्चामा सहभागी हुने भट्टराईको जिकिर छ । भट्टराईले काठमाडौंमा हालै भएको राजतन्त्र पक्षधर प्रदर्शनले पर्याप्त राजनीतिक समर्थन नपाएको पनि बताए। ‘जनता ओली र देउवा सरकारप्रति असन्तुष्ट छन्, लोकतान्त्रिक प्रणालीप्रति होइनन्। त्यसैले नेपालमा राजतन्त्र फर्किने कुनै सम्भावना छैन,’ अन्तर्वार्तामा उनले भनेका छन् । भट्टराईले अहिलेको सरकारप्रति बढ्दो असन्तुष्टि हुँदाहुँदै पनि तत्काल सरकार परिवर्तनको सम्भावना न्यून रहेको बताए। ‘संसदमा कुनै दलको बहुमत छैन। अहिले परिवर्तन भए पनि गुणात्मक परिवर्तन नहुने सम्भावना छ, किनभने ओली र देउवा सरकारमा र प्रचण्ड विपक्षमा भएका सबै नेताहरू बदनाम भइसकेका छन्। त्यसैले हामी नयाँ विकल्पको खोजीमा मोर्चा निर्माण गर्दैछौं,’ उनले भने।

भट्टराईले अन्तर्वार्तामा भनेका छन्, ‘नेपालको अहिलेको राजनीतिक समस्या मुख्यतः माओवादी आन्दोलनले आफ्नो पूर्ण एजेन्डा कार्यान्वयन गर्न नसक्नुको प्रतिफल हो।’ उनले अगाडि थपेका छन्, ‘नेपालमा क्रान्ति अपूर्ण रह्यो र अहिले देखिएको असन्तोष र आन्दोलनहरू त्यो अपूर्णताको पीडा हुन्, जसलाई पार गर्दै नयाँ परिवर्तनको बाटो खोल्नुपर्छ।’ भट्टराईले नयाँ मोर्चामा नयाँ सोच भएका मानिस समेटिने बताएका छन् । ‘ओली र प्रचण्ड उस्तै हुन्। माओवादी नेता रहेका प्रचण्ड पुरानो व्यवस्थामा समाहित भइसकेका छन्। त्यसैले हामी जस्ता नयाँ सोच भएका मानिसहरूले नयाँ मोर्चा बनाउन खोजिरहेका छौं,’ भट्टराईले अन्तर्वार्तामा भनेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

समानुपातिकको सूचीलाई अन्तिम रूप दिन रास्वपा केन्द्रीय समिति जारी
सर्लाहीको बरहथवामा गोली चल्यो, इन्स्पेक्टरसहित तिन घाइते
गृहमन्त्री अर्याल बाजुरामा, निर्वाचनमा सुरक्षा व्यवस्था मजबुत पारिने
ललितपुरमा टिपरको ठ*क्करले पैदलयात्रीको मृ*त्यु
कान्तिपुरका अध्यक्ष कैलाश सिरोहियाविरुद्ध पक्राउ पुर्जी जारी
केपी ओलीको कम्बोडिया काण्ड पनि छानविनको दायरामा आउनुपर्ने ,दिनेश त्रिपाठीको
सरकारले गुणात्मक परिवर्तनको मौका गुमायो : डा. भट्टराई
‘सुपर जोन र जोन कार्यक्रम’ले उत्पादन बढायो
‘वर्तमान शासन व्यवस्थाको विकल्प छैन’
निर्वाचन सुरक्षाबारे प्रधानमन्त्रीसँग छलफल गर्दै निर्वाचन आयोग