तीनकुने घटनामा पक्राउ परेका थप १२ जना रिहा

nepaltathya_news nepaltathya_news
|
सोमबार, बैशाख १५, २०८२
|
|
४ पटक हेरिएको
Shares

सारांश

  •   १५ वैशाख, काठमाडौं – गएको जेठ १५ गते काठमाडौंको तीनकुनेमा भएको हिंसात्मक घटनामा पक्राउ परेका थप १२ जना हाजिर जमानीमा रिहा भएका छन् ।
  • तोडफोड, आगजनी लगायतका घटनामा पक्राउ परेका १२ जनालाई रिहा गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिलराज बोहराले जानकारी दिएका छन् ।
  • १२ जनामाथि आपराधिक उपद्रव कसुरमा अनुसन्धान भइरहेको थियो ।

 

१५ वैशाख, काठमाडौं –

गएको जेठ १५ गते काठमाडौंको तीनकुनेमा भएको हिंसात्मक घटनामा पक्राउ परेका थप १२ जना हाजिर जमानीमा रिहा भएका छन् ।तोडफोड, आगजनी लगायतका घटनामा पक्राउ परेका १२ जनालाई रिहा गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिलराज बोहराले जानकारी दिएका छन् ।

१२ जनामाथि आपराधिक उपद्रव कसुरमा अनुसन्धान भइरहेको थियो । त्यसअघि पनि प्रहरीले आपराधिक उपद्रव कसुरमा २१ जना रिहा भएका थिए । यो सँगै हाजिर जमानीमा बस्नेको संख्या ३३ पुगेको हो । प्रहरीले आपराधिक उपद्रव कसुरमा पक्राउ परेकाहरूलाई बयान सकेर हाजिर जमानीमा छाडेको भएपनि राज्यविरूद्धको कसुरमा पक्राउ परेकाहरूलाई भने प्रहरीले रिहा गरेको छैन । राप्रपाका सांसद धवलशम्शेर राणालाई पनि राज्यविरूद्धको कसुरमा अनुसन्धान भएको थियो । स्वास्थ्य उपचारका लागि उनलाई पनि हाजिर जमानीमा राखिएको थियो। उनी भारतमा उपचार गरी नेपाल फर्किसकेका छन् । रविन्द्र मिश्र, दुर्गा प्रसाईं उनका अंगरक्षक दीपक खड्का, सहित २५ जनामाथि अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

दाङको गढवा गाउँपालिकाका तत्कालीन प्रशासकीय अधिकृत र ठेकेदारविरुद्ध झन्डै एक करोडको भ्रष्टाचार मुद्दा
रास्वपाले स्वीकृत गर्‍यो सुमना श्रेष्ठलको राजीनामा
रिज लाइन इनर्जीको आईपीओमा आवेदन दिने आज अन्तिम दिन
एक हप्ताभित्र देशभर कित्ताकाट खुल्छः मन्त्री अधिकारी
बालुवाटारमा माओवादीको आकस्मिक बैठक जारी
मुग्लिन–नागढुंगा सडकखण्डको जवाङ खोलामा पहिरो, पृथ्वी राजमार्ग दुईतर्फी अवरुद्ध
एन्फा मुख्यालयमा खेलाडीको प्रदर्शन
वर्तमान सरकारले सुशासन कायम र भ्रष्टाचार नियन्त्रण गर्छ: मन्त्री खरेल
सिन्धुपाल्चोकमा भारत सरकारको सहयोगमा दुई स्वास्थ्य चौकी भवनको शिलान्यास
ओखलढुंगामा टाटा सुमो दुर्घटना, आमा-छोरासहित तीनको मृत्यु