एक हप्ताभित्र देशभर कित्ताकाट खुल्छः मन्त्री अधिकारी

nepaltathya_news nepaltathya_news
|
मंगलबार, भाद्र ११, २०८१
|
|
२४ पटक हेरिएको
Shares

सारांश

  •   ११ भदौ ,काठमाडौं, ।
  • भूमि व्यवस्था सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले अबको एक हप्ताभित्र देशभर कित्ताकाट खुल्ने बताएका छन् ।
  • हिजो (सोमबार)  उनले कार्यविधि बनाएर किटाकाट खुलाउने तयारी भइरहेको बताएका हुन् ।

 

११ भदौ ,काठमाडौं, । भूमि व्यवस्था सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले अबको एक हप्ताभित्र देशभर कित्ताकाट खुल्ने बताएका छन् ।हिजो (सोमबार)  उनले कार्यविधि बनाएर किटाकाट खुलाउने तयारी भइरहेको बताएका हुन् ।‘कित्ताकाट रोकेर जनताको हित हुन्छ ? अब दुई÷तीन दिनमै कार्यविधि बनाएर कित्ताकाट फुकाउने काम पनि मैले तुरुन्तै गर्छु । अबको एक हप्ताभित्रमा कित्ताकाटको समस्या रहन्न । अहिले किनबेच बन्द भयो, अंशबण्ड बन्द भयो, अब खुल्छ,’– उनले भने त्यस्तै, स्मास्ट सिटीअन्तर्गत रोक्का रहेका जग्गाबारे पनि चाँडै निर्णय हुने उनले बताए । आफूले स्मार्ट सिटीअन्तर्गतको जग्गाबारे सहकारी विकास मन्त्रालयमा पनि कुरा राखिसकेको मन्त्री अधिकारीले बताए । ‘स्मार्ट सीटी भनेको सहकारी विकास मन्त्रालयअन्तर्गत पर्छ । मैले दुई पटक सहरी विकास मन्त्रालयलाई निकास दिन भनेको छु । मैले सरकारी विकासलाई भनेँ । हामीले कति गर्नसक्छौं त्यति गर्छौं, नत्र फुकुवा गर्छौं भनेको छ । यदि गरेन भने मैले क्याविनेटमा प्रस्ताव लान्छु,’– उनले भने ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

भिजिट भिसा प्रकरणमा मुछिएको आशंकामा गृह मन्त्रालयका ९ कर्मचारीको सरुवा
खुर्कोटको पुल निर्माणमा सेनाको सक्रियता
परराष्ट्रमन्त्री डा राणा र जापानी विदेशमन्त्रीबीच द्विपक्षीय भेटवार्ता
विधानको मस्यौदामाथि छलफल गर्न आज पनि माओवादीको स्थायी कमिटी बैठक
चौध वर्षे बालकको निर्मम हत्या, कुहिएको अवस्थामा भेटियो श*व
प्रतिनिधि सभा बैठक आज पनि, यस्तो छ कार्यसूची
दाङमा प्लाई उद्योगमा आगलागी
बिहे गरेको ३ वर्षसम्म सन्तान नभएपछि प्रसूति गृहबाट शिशु चोरी
जुम्लामा सिलिन्डर ग्यास अभाव हुने त्रास, वितरण प्रणाली पारदर्शी बनाइने
समयमै गुणस्तरीय काम गर्नुस्, शान्ति सुरक्षाको व्यवस्था सरकारले गर्छ : गृहमन्त्री लेखक