उपत्यका विकास प्राधिकरणका अमिनविरुद्ध ३ करोड २९ लाख भ्रष्टाचार मुद्दा

nepaltathya_news nepaltathya_news
|
सोमबार, बैशाख ८, २०८२
|
|
२१ पटक हेरिएको
Shares

सारांश

  •   ८ वैशाख, काठमाडौं ।
  • अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उपत्यका विकास प्राधिकरण, जिल्ला आयुक्त कार्यालय काठमाडौंद्वारा सञ्चालित बागमती नगर जग्गा एकीकरण आयोजना गौरीघाटमा अमिन पदमा करारमा कार्यरत दिनेशप्रसाद यादवविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको छ ।
  • गैरकानुनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको भन्दै यादवविरुद्ध आयोगमा उजुरी परेको थियो ।

 

८ वैशाख, काठमाडौं ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उपत्यका विकास प्राधिकरण, जिल्ला आयुक्त कार्यालय काठमाडौंद्वारा सञ्चालित बागमती नगर जग्गा एकीकरण आयोजना गौरीघाटमा अमिन पदमा करारमा कार्यरत दिनेशप्रसाद यादवविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको छ ।गैरकानुनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको भन्दै यादवविरुद्ध आयोगमा उजुरी परेको थियो ।

सोही उजुरीका आधारमा अनुसन्धान गर्दा यादवले ३ करोड २९ लाख ४५ हजार ७०२ रुपैयाँ भ्रष्टाचार गरेको पुष्टि हुन आएको भन्दै मुद्दा दायर गरिएको आयोगले जनाएको छ । आयोगका अनुसार जागिरे अवधिमा उनको तलब, भत्ता लगायत अन्य कारोबारबाट २ करोड ४२ लाख २० हजार ३०१ रुपैयाँ वैध सम्पत्ति देखिएको छ । तर अनुसन्धानको क्रममा ५ करोड ७१ लाख ६६ हजार ३ रुपैयाँ उनको व्यय देखिएको आयोगको भनाइ छ ।

आयबाट व्यय रकम घटाउँदा उक्त रकम बराबर ऋणात्मक रही गैरकानुनी रूपमा सम्पत्ति आर्जन गरेको पुष्टि हुन आएको र निजको उक्त कार्य भ्रष्टाचार निवारण ऐन २०५९ को दफा २० को उपदफा १ बमोजिमको कसुर भएकोले उक्त रकम बराबरको बिगो कायम गरी मुद्दा दायर गरिएको आयोगले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । यादवले सार्वजनिक पदमा रहँदा गैरकानुनी रूपमा आर्जन गरेको सम्पत्ति श्रीमती अमृताकुमारीको नाममा समेत राखेको देखिएकाले उनलाई समेत प्रतिवादी कायम गरी मुद्दा दायर गरिएको विज्ञप्तिमा छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

हेटौंडामा खुकुरी प्रहारगरी देवरले गरे भाउजूको हत्या
प्रदीप पौडेलको प्रश्न कार्की आयोगको प्रतिवेदन किन गुपचुप ?
उत्तर कोरियाले थप तीन हजार सैनिक रूस पठाउने
यातायातको डेटा सेन्टरमा पुनः समस्या, लाइसेन्सको नयाँ आवेदन बन्द
जुवा खेल्दै गरेको आरोपमा काठमाडौं बाट ९ जना १० लाख रकम सहित पक्राउ
देशको राजधानी काठमाडौंमा सुरक्षाकर्मीको ‘हाईअलर्ट’
जेनजी आन्दोलन छानबिनः तत्कालीन प्रधानमन्त्री केपी ओलीलाई पत्र काट्ने तयारी
सप्ताहव्यापी रुपमा मनाइने विवाह पञ्चमी महोत्सव सम्पन्न, श्रद्धालुहरु घर फर्किए
आजका लागि विदेशी मुद्राको विनिमय दर
सिरहामा करेन्ट लागेर शिक्षकको मृ*त्यु