सुनचाँदीको मूल्य बढ्यो, तोलाको कति पुग्यो ?
सारांश
- २९ असोज , काठमाडौं ।
- आज सुनचाँदीको मूल्य बढेको छ ।
- दशैको बिदापछि आज सुनको मूल्य तोलामा १४ सयले बढेर छापावाल सुन तोलाको एक लाख ६० हजार ५०० मा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
२९ असोज , काठमाडौं । आज सुनचाँदीको मूल्य बढेको छ । दशैको बिदापछि आज सुनको मूल्य तोलामा १४ सयले बढेर छापावाल सुन तोलाको एक लाख ६० हजार ५०० मा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यसअघि असोज २३ गते छापावाल सुन प्रतितोला एक लाख ५९ हजार १०० रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै आज चाँदीको मूल्य पनि तोलामा २५ रुपैयाँले बढेको छ । आज चाँदी प्रतितोला १९२५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।


कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया