सिरहामा करेन्ट लागेर शिक्षकको मृ*त्यु

nepaltathya_news nepaltathya_news
|
शनिबार, आश्विन ४, २०८२
|
|
४ पटक हेरिएको
Shares

सारांश

  • ४ असोज, सिरहा ।
  •   यहाँको लहान नगरपालिका–२३ स्थित गाढा गाउँमा सिँचाइका लागि प्रयोग गरिएको विद्युतीय मोटरबाट करेन्ट लाग्दा गम्भीर घाइते भएका एक शिक्षकको मृत्यु भएको छ ।
  • आज बिहान घर नजिकैको खेतमा रोपिएको धानमा सिँचाइ गर्न मोटर चलाउने क्रममा करेन्ट लाग्दा गम्भीर घाइते लहान–१९, सोनमति गाढास्थित जनता माध्यमिक विद्यालयमा कार्यरत ३८ वर्षीय शिक्षक वीजेन्द्रकुमार सहनीको मृत्यु भएको हो ।

४ असोज, सिरहा । 

यहाँको लहान नगरपालिका–२३ स्थित गाढा गाउँमा सिँचाइका लागि प्रयोग गरिएको विद्युतीय मोटरबाट करेन्ट लाग्दा गम्भीर घाइते भएका एक शिक्षकको मृत्यु भएको छ । आज बिहान घर नजिकैको खेतमा रोपिएको धानमा सिँचाइ गर्न मोटर चलाउने क्रममा करेन्ट लाग्दा गम्भीर घाइते लहान–१९, सोनमति गाढास्थित जनता माध्यमिक विद्यालयमा कार्यरत ३८ वर्षीय शिक्षक वीजेन्द्रकुमार सहनीको मृत्यु भएको हो ।

घटनापछि आफन्त तथा स्थानीयले उहाँलाई तत्काल उद्धार गरी लहानस्थित रामकुमार शारदा उमाप्रसाद मुरारका प्रादेशिक अस्पताल पुर्‍याइएकोमा लगत्तै चिकित्सकले मृत घोषणा गरेका जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक धर्मेशकुमार यादवले जानकारी दिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

राष्ट्र बैंकको प्रवक्तामा गुरुप्रसाद पौडेल नियुक्त
रोमानिया पठाइदिन्छु भन्दै साढे ९ लाख ठगी गर्ने युवक पक्राउ
प्रतिनिधि सभामा ४ वटा खर्च कटौतीका प्रस्ताव पेस
मुगुमा भूकम्पको धक्का
पक्राउ परेका मिलनले गरे बुवा र भाइको हत्या गरेको स्वीकार
सत्य, धर्म र न्यायको विजयको प्रतीक दसैँ : राष्ट्रपति
अन्तर्राष्ट्रिय पर्वत दिवस : विश्वभर विभिन्न कार्यक्रमहरु गरि मनाइँदै
एमालेको युवा संघलाई र्‍याली र सभा गर्न काठमाडौं प्रशासनको रोक
त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थल व्यवस्थित बन्न सकेनः सांसद ढकाल
पार्टी हितविरुद्ध नलाग्न २६ नेता कार्यकर्तालाई कांग्रेसले गरायो सचेत