गैरकानुनी रुपमा थुनामा राखिएको भन्दै रविले सर्वोच्चमा दिए बन्दी प्रत्यक्षीकरणको निवेदन

nepaltathya_news nepaltathya_news
|
आइतबार, बैशाख ७, २०८२
|
|
२० पटक हेरिएको
Shares

सारांश

  •   ७ वैशाख, काठमाडौं ।
  • आफूलाई गैरकानुनी रुपमा थुनामा राखिएको भन्दै रास्वपा सभापति रवि लामिछानेले सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको निवदेन दर्ता गरेका छन् ।
  • उनको निवेदन केहीबेर अघि दर्ता भएको सर्वोच्च अदालतका प्रवक्ता अच्युत कुइँकेलले अनलाइनखबरलाई जानकारी दिए ।

 

७ वैशाख, काठमाडौं ।

आफूलाई गैरकानुनी रुपमा थुनामा राखिएको भन्दै रास्वपा सभापति रवि लामिछानेले सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको निवदेन दर्ता गरेका छन् । उनको निवेदन केहीबेर अघि दर्ता भएको सर्वोच्च अदालतका प्रवक्ता अच्युत कुइँकेलले अनलाइनखबरलाई जानकारी दिए । लामिछानेले आफूलाई प्रचलित कानुन विपरित थुनामा राखिएको र थुना संविधान विपरित भएको दाबी गरेका छन् ।  गैरकानुनी थुनामा राखेको व्यक्तिलाई रिहा गर्न बन्दी प्रत्यक्षीकरणको आदेश जारी गरिन्छ ।

त्यसका लागि थुनामा रहेको व्यक्तिले आफू गैरकानुनी रुपमा थुनामा रहेको पुष्टि गर्नुपर्छ । लामिछानेले आफू गैरकानुनी रुपमा थुनामा राखिएको भन्दै निवेदन दर्ता गराएका हुन् । यसअघि थुनामा पठाउने उच्च अदालतको आदेश बेरितको भएको भन्दै अर्को निवेदन पनि सर्वोच्च अदालतमा दर्ता गरेका थिए । त्यो निवेदनमा सर्वोच्च अदालतले कैफियत प्रतिवेदन मगाउने आदेश गरिसकेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पत्रकार सम्मेलन गर्दै विद्या, एमाले निर्णयको प्रतिवाद गर्ने
नेपाल नेत्रज्योति संघको ४७औं स्थापना दिवसको अवसरमा निःशुल्क आँखा परीक्षण तथा चश्मा वितरण
बीमा प्राधिकरणको अध्यक्षमा पत्रकार सरद ओझा नियुक्त
कक्षा १२ को परीक्षामा ७३ वर्षीया महिलाको सहभागिता
सुशीला कार्की र दुर्गा प्रसाईंलाई विशेष सुरक्षासहित जङ्गीअड्डा लगियो
प्रधानन्यायाधीश राउतको पहिलो विदेश भ्रमण मलेसिया
एमाले जग्गादानको मुद्दा ‘अन्तिम सुनुवाइ’ मा
प्रधानमन्त्री ओलीले षड्यन्त्र गरेर आफूलाई सहकारी ठग बनाइदिएको धनराजको आरोप
रिगलको कैद मिनाहामा सर्वोच्चले माग्यो सरकारसँग जवाफ
उत्तर कोरियाले थप तीन हजार सैनिक रूस पठाउने