शुभमन गिल भारतीय टेस्ट टिमको नयाँ कप्तान

nepaltathya_news nepaltathya_news
|
शनिबार, जेठ १०, २०८२
|
|
१९ पटक हेरिएको
Shares

सारांश

  •   १० जेठ, भारत ।
  • शुभमन गिल भारतको टेस्ट क्रिकेट टीमको नयाँ कप्तान बनेका छन्।
  • शनिबार मुम्बईमा बसेको भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बिसिसिआई) को बैठकले गिललाई कप्तान बनाउने निर्णय गरेको हो।

 

१० जेठ, भारत ।

शुभमन गिल भारतको टेस्ट क्रिकेट टीमको नयाँ कप्तान बनेका छन्। शनिबार मुम्बईमा बसेको भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बिसिसिआई) को बैठकले गिललाई कप्तान बनाउने निर्णय गरेको हो। उनी २५ वर्ष २५८ दिनको उमेरमा भारतीय टेस्ट क्रिकेटको कप्तान बनेका हुन्।mयसअघि रोहित शर्मा भारतको टेस्ट टीमको कप्तान थिए। उनले टेस्ट क्रिकेटबाट केही दिनअघि मात्रै सन्यास लिएका थिए। रोहितले सन्यासको घोषणा गरेको केही दिनमै विराट कोहलीले पनि टेस्ट क्रिकेटबाट सन्यास लिएका थिए।

बिसिसिआईले ऋषभ पन्तलाई उपकप्तानको जिम्मेवारी दिएको छ। साथै २० जुनदेखि सुरु हुने इंग्ल्याण्डसँगको टेस्टका लागि १८ सदस्यीय टोलीको घोषणासमेत गरिएको छ। टोलीमा शुभमन गिल (कप्तान), ऋषभ पन्त (उपकप्तान/विकेटकिपर), यशस्वी जायसवाल, केएल राहुल, साई सुदर्शन, करुण नायर, अभिमन्यु ईश्वरन, ध्रव जुरेल (विकेटकिपर), नीतीश रेड्डी, शार्दुल ठाकुर, रवीन्द्र जडेजा, वाशिंगटन सुन्दर, जसप्रीत बुमराह, मोहम्मद सिराज, प्रसिद्ध कृष्णा, आकाश दीप, अर्शदीप सिंह र कुलदीप यादव रहेका छन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

दाङमा भरुवा बन्दुकसहित एक जना पक्राउ
एनपीएल खेल्न काठमाडौँ आइपुगे फाफ डु प्लेसिस
राष्ट्रिय सभा अध्यक्षको मनोनयन दर्ता सोमबार
प्रतिनिधिसभाको बैठक सुरु, विपक्षीले उठेर जनाए विराेध
जेनजीले चलाएको शान्तिपूर्ण आन्दोलन थियो, तर घुसपैठ गरेर देश जलाइयो : महेश बस्नेत
कांग्रेसको विशेष महाधिवेशन पक्षधरहरुले केन्द्रीय कार्यालय घेर्नुपर्छ: शंकर तिवारी
बाफलमा स्टिकर तथा मेडल गोदाममा आगलागी, डेढ घण्टामा नियन्त्रण
प्रतिनिधि सभाको बैठक बस्दै, निजामती विधेयक पारित गर्ने कार्यसूची
एमालेको पोलिटब्युरो बैठक दोस्रो दिन जारी, विधान महाधिवेशनमा प्रस्तुत गरिने प्रतिवेदनमाथि छलफल
मधेसमा ३४१ जनाले गरे मतदान