एमाले जग्गादानको मुद्दा ‘अन्तिम सुनुवाइ’ मा

nepaltathya_news nepaltathya_news
|
शुक्रबार, मंसिर २८, २०८१
|
|
४ पटक हेरिएको
Shares

सारांश

  •   २८ मंसिर, काठमाडौं ।
  • व्यवसायी मिनबहादुर गुरुङले एमाले मुख्यालय बनाउन दिएको जग्गादान सम्बन्धी विवाद सर्वोच्च अदालतले निरन्तर सुनुवाइ गरी टुंग्याउने भएको छ ।
  • यसअघि जारी भएको अल्पकालिन अन्तरिम आदेशले निरन्तरता पाउने वा नपर्ने भन्नेबारेको छलफलमा शुरु भएको सुनुवाइ मुद्दा टुंग्गाउने गरी अघि बढेको हो ।

 

२८ मंसिर, काठमाडौं । व्यवसायी मिनबहादुर गुरुङले एमाले मुख्यालय बनाउन दिएको जग्गादान सम्बन्धी विवाद सर्वोच्च अदालतले निरन्तर सुनुवाइ गरी टुंग्याउने भएको छ । यसअघि जारी भएको अल्पकालिन अन्तरिम आदेशले निरन्तरता पाउने वा नपर्ने भन्नेबारेको छलफलमा शुरु भएको सुनुवाइ मुद्दा टुंग्गाउने गरी अघि बढेको हो ।

दुवै पक्षको लिखित जवाफ आइसकेको भन्दै न्यायाधीशहरू अब्दुल अजीज मुसलमान र बालकृष्ण ढकालको इजलासले मुद्दाको अन्तिम सुनुवाई नै गर्ने आदेश गरेको हो । दुवै पक्षका कानून व्यवसायीहरूले बहस गर्नुपर्ने भएकाले शुक्रबार सुनुवाइ टुंगिन सकेन । सर्वोच्च अदालतले मुद्दालाई हेर्दाहेर्दैमा राख्दै सोमबार निरन्तर सुनुवाइ गर्ने आदेश गरेको हो । गुरुङले दशैंको फुलपातीका दिन एमालेको केन्द्रिय कार्यालय बनाउन जग्गादानको घोषणा गरेका थिए । घोषणा अनुसार, उनले एक वर्षभित्र आफैले तीनवटा भवन बनाएर एमालेलाई जग्गा र भवन हस्तान्तरण गर्नेछन् ।

भाटभटेनीले एमालेलाई जग्गादान गरेको विषयमा प्रश्न उठाइ दायर भएको रिट निवेदनमाथि प्रारम्भिक सुनुवाईपछि सर्वोच्च अदालतले १२ कार्तिकमा अल्पकालिन अन्तरिम आदेश जारी गरेको थियो । त्यही अन्तरिम आदेशले निरन्तरता पाउने कि नपाउने भन्नेवारे अन्तरिम आदेशका लागि बहस हुन सुनुवाइको पेशी तोकिएको थियो । तर मुद्दाको सबै प्रक्रिया पुरा भइसकेको भन्दै इजलासले अन्तिम सुनुवाइ अघि बढाउने आदेश गरेको हो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मकवानपुरमा सुमो दुर्घटना, १३ भारतीय तीर्थयात्रु घाइते
बंगलादेशमा बिधुत् निर्यात आजबाट सुरू, १ अर्ब २९ करोड आम्दानी हुने
कर्णाली सरकारका प्रवक्ता विनोदकुमार शाह काठमाडौँ अस्पतालमा भर्ना
दुई तिहाईको सरकारमाथि ठूलो घण्टी बजिसकेको ;रविलामिछाने
म प्रधानमन्त्री हुँदा लगानीको वातावरण बनाउन पहल गरेकै हो: प्रचण्ड
हत्या गरी फरार रहेका ‘जोगी’ वृद्धाश्रमबाट पक्राउ
बढ्यो पेट्रोलको मूल्य, प्रतिलिटर कति पुग्यो ?
स्वार्थ समूहको प्रभावमा मन्त्रिपरिषद् विस्तार भएको प्रभु साहको आरोप
कश्मिरमा मारिएका सुदीपको त्रिवेणीमा अन्त्येष्टि, काकाले दिए दागबत्ती
कालीगण्डकी कोरिडोर पुन: अवरुद्ध