ज्यानमार्ने उद्योगसहित चार कसुरमा हुँदैछ दुर्गा प्रसाईंमाथि अनुसन्धान

nepaltathya_news nepaltathya_news
|
शुक्रबार, चैत्र २९, २०८१
|
|
३ पटक हेरिएको
Shares

सारांश

  •   काठमाडौँ, २९ चैतः भारतको आसामबाट पक्राउ परेका व्यवसायी दुर्गा प्रसाईंलाई जिल्ला प्रहरी काठमाडौँ ल्याइपुर्‍याइएको छ।
  • चैत १५ गते काठमाडौँको तीनकुनेमा भएको राजावादीको हिंस्रक प्रदर्शनका कमान्डर प्रसाईं सोही दिनदेखि फरार थिए।
  • बिहीबार भारतीय प्रहरीको नियन्त्रणमा परेका प्रसाईंलाई आज शुक्रबार बिहान काँकडभिट्टा हुँदै भद्रपुर विमानस्थल पुर्‍याइयो।

 

काठमाडौँ, २९ चैतः भारतको आसामबाट पक्राउ परेका व्यवसायी दुर्गा प्रसाईंलाई जिल्ला प्रहरी काठमाडौँ ल्याइपुर्‍याइएको छ। चैत १५ गते काठमाडौँको तीनकुनेमा भएको राजावादीको हिंस्रक प्रदर्शनका कमान्डर प्रसाईं सोही दिनदेखि फरार थिए। बिहीबार भारतीय प्रहरीको नियन्त्रणमा परेका प्रसाईंलाई आज शुक्रबार बिहान काँकडभिट्टा हुँदै भद्रपुर विमानस्थल पुर्‍याइयो। त्यहीँबाट विमानमार्फत काठमाडौँ ल्याइएको हो।

चैत १५ को प्रदर्शनमा दुई जनाको ज्यान गएको थियो भने केही अझै घाइते अस्पतालमै छन्। प्रदर्शनकारीले  तीनकुने क्षेत्रका केही निजी र सरकारी संरचनामा आगजानी र तोडफोड पनि गरेका थिए। प्रदर्शनकारीलाई हिंस्रक बन्न उचालेर प्रसाईं भने फरार भएका थिए। अहिले उनीमाथि चार कसुरमा अनुसन्धानको तयारी अघि बढाइएको छ।   ज्यानमार्ने उद्योग  प्रदर्शनकारीलाई हिंस्रक बन्न उचालेका प्रसाईं आफैँले पनि सयौँ प्रहरीको भिडलाई किचौँलाझैँ गाडी कुदाएका थिए। त्यहाँ प्रहरीलाई मारौँला झैँ उनले गाडी कुदाएकोले उनीमाथि ज्यानमार्थे उद्योगमा अनुसन्धान अघि बढाइँदैछ।

संगठित अपराध प्रदर्शनका क्रममा आगजनी र तोडफोड गरेको घटनालाई लिएर उनीमाथि संगठित अपराधको मुद्दामा पनि अनुसन्धान हुँदैछ। उनी प्रदर्शनकारीको कमान्डर रहेको कारणले यसको निर्देशक उनी भएको आरोप छ। प्रदर्शनकारीले निजी घर र जडीबुटी कारखानामा आगजनीसमेत गरेका थिए।  आपराधिक उपद्रव र राज्यविरुद्धको कसुर उनीमाथि आपराधिक उपद्रव र राज्यविरुद्धको कसुरमा पनि अनुसन्धान अघि बढ्ने बताइएको छ। यसअघि सोही प्रदर्शनमा सहभागी राप्रपाका वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्र र महामन्त्री डा. धवलशम्शेर राणासहितलाई आपराधिक उपद्रव र राज्यविरुद्धको कसुरमा अनुसन्धान जारी छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

शपथपछि नवनियुक्त प्रधानमन्त्रीलाई राष्ट्रपतिले भने- तपाईं सफल हुनुहोस्, देश सफल होस्
एसीसी राइजिङ स्टार्स महिला एसिया कपमा सहभागी हुने नेपाली टोलीलाई बिदाइ
जेन–जी शहीदका परिवारलाई १५ लाख राहत दिने सरकारको निर्णय
अमेरिकाले नेपाली सेनालाई दियो स्काई ट्रक र एयर एम्बुलेन्स
एमाले बैठकमा मानन्धरले मागे ओलीको राजीनामा
केपी ओली कपको दोस्रो सेमिफाइनलमा आयोजक टाेली र मच्छिन्द्र खेल्दै
पूर्वन्यायाधीश सिन्हा सहकारी तथा गरिबी निवारण मन्त्रीमा सिफारिस, दिइयो दुई मन्त्रालय
एसीसी यू-१६ क्रिकेट : जापानविरुद्ध टस हारेर नेपाल बलिङ गर्दै
यस्तो छ , शुक्रबारको लागि विदेशी मुद्राको विनिमयदर
रवि र छविलाई थुनामै राख्न सर्वोच्चको आदेश