एमाले बैठकमा मानन्धरले मागे ओलीको राजीनामा

nepaltathya_news nepaltathya_news
|
बिहिबार, आश्विन ३०, २०८२
|
|
५ पटक हेरिएको
Shares

सारांश

  • ३० असोज, काठमाडौं ।
  • नेकपा एमालेको जारी केन्द्रीय समिति बैठकमा पार्टी अध्यक्ष केपी शर्मा ओलीको राजीनामा माग गरिएको छ ।
  •   बिहीबार ललितपुरको जावलाखेलमा जारी एमाले केन्द्रीय कमिटी बैठकमा केन्द्रीय सदस्य सुरेन्द्र मानन्धरले ओलीको राजीनामा माग गरेका हुन् ।

३० असोज, काठमाडौं ।

नेकपा एमालेको जारी केन्द्रीय समिति बैठकमा पार्टी अध्यक्ष केपी शर्मा ओलीको राजीनामा माग गरिएको छ ।  बिहीबार ललितपुरको जावलाखेलमा जारी एमाले केन्द्रीय कमिटी बैठकमा केन्द्रीय सदस्य सुरेन्द्र मानन्धरले ओलीको राजीनामा माग गरेका हुन् । मानन्धर कीर्तिपुर नगरपालिकाको उमेदवार थिए ।  “…मूल कुरा त जनतासँग एकाकार हुने राजनीतिसँग पार्टीलाई जोड्न सक्नुपर्छ । यो कुरामा अध्यक्ष कमरेड आजसम्म सफल नदेखिनु भएकोले देश, आन्दोलन र पार्टीलाई थप क्षति हुनबाट रोक्न आफ्ना सहयोध्‌दा कमरेडहरूलाई विश्वास गरी अध्यक्ष पदबाट राजीनामा दिएर उहाँहरूलाई नेतृत्व हस्तान्तरण गरी पार्टीमा सामूहिक नेतृत्व कायम गर्न ऐतिहासिक आवश्यकता भइसकेको छ ।

यसमा ढिला नगरौँ,” उनले बैठकमा भने । देशमा केही पनि भएको छैन भन्ने चिन्तन ठिक नभएको उनले बताए । “दुईतिहाइ नजिकको सरकार चलाइरहेको प्रधानमन्त्रीले देशमा के भइरहेको छ भन्ने कुनै जानकारी र अनुमान समेत गर्न नसक्नु र शासन व्यवस्था तहसनहसको यो भयानक अवस्था आउनुमा मूलतः प्रधानमन्त्रीकै असक्षमता र असफलता हो । अरुलाई दोष दिएर उम्कन खोज्न कदापी मिल्दैन,” उनले केन्द्रीय समिति बैठकमा भने ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?