ट्र्याक खुलेको दुई दशकपछि गलकोट–ताराखोला सडक कालोपत्र

nepaltathya_news nepaltathya_news
|
सोमबार, जेठ ५, २०८२
|
|
२० पटक हेरिएको
Shares

सारांश

  •   ५ जेठ, बागलुङ ।
  • दुई दशक अगाडि ट्र्याक खुलेको गलकोट–ताराखोला सडक कालोपत्र गरिएको छ ।
  • गलकोट नगरपालिका–३ हटिया बजारदेखि ताराखोला गाउँपालिका–१ को सिमानासम्म साढे छ किलोमिटर सडक कालोपत्र गरिएको हो ।

 

५ जेठ, बागलुङ ।

दुई दशक अगाडि ट्र्याक खुलेको गलकोट–ताराखोला सडक कालोपत्र गरिएको छ । गलकोट नगरपालिका–३ हटिया बजारदेखि ताराखोला गाउँपालिका–१ को सिमानासम्म साढे छ किलोमिटर सडक कालोपत्र गरिएको हो । बागलुङ र म्याग्दी जिल्ला जोड्ने निर्माण भएको उक्त सडक पहिलो चरणमा १० किलोमिटर गर्ने गरी आयोजना सुरु भएको थियो । स्तरोन्नतीसहित कालोपत्र गर्नका लागि विसं २०७६ कात्तिकमा सम्झौता गरी काम सुरु भए पनि हालसम्म कालोपत्र हुन सकेको थिएन । कोभिड–१९ र विभिन्न समस्या देखाएर निर्माण कम्पनीले लामो समय काम नगर्दा कालोपत्र गर्न सकिएको थिएन ।

पूर्वधार विकास कार्यालय बागलुङले निर्माण कम्पनीलाई दुई वर्षमा सक्ने गरी जिम्मा दिएको थियो । विसं २०७८ कात्तिक मसान्तसम्म सक्नु पर्ने चार पटक म्याद थप गर्दा हालसम्म ८३ प्रतिशत काम भएका पूर्वधार विकास कार्यालय बागलुङका इञ्जीनीयर चन्द्र पुनले जानकारी दिनुभयो । चौँथो पटक म्याद थप गरेको अवधि गत चैत मसान्तमा सकिएको भए पनि आगामी असोजसम्मका लागि थप गर्न निर्माण कम्पनीले निवेदन दिएको उहाँको भनाइ छ । बहुवर्षे ठेक्का लगाएर काम सुरु गरे पनि पर्याप्त बजेट नहुँदा यसवर्ष पनि काम सकिने सम्भावना कम भएको इञ्जीनीयर पुन बताउनुहुन्छ । “यो सडकको काम २०७८ सालमै सकिनुपर्ने हो तर विभिन्न कारणले गर्दा अहिलेसम्म सम्पन्न हुनसकेको छैन, पहिले निर्माण कम्पनीले ढिला सुस्ती ग¥यो अहिले बजेट कम भयो, यसवर्ष त काम सकिन्छ, भन्ने थियो रु दुई करोड ५० लाख मात्रै बजेट प¥यो” उहाँले भन्नुभयो,“अहिलेसम्म साढे छ किलोमिटर सडक मात्र कालोपत्र भएको छ ।”

इञ्जिनियर पुनका अनुसार अझै साढे तीन किमी सडक कालोपत्र गर्न बाँकी छ । उक्त सडक पनि ग्राभेल गरिसकेको हुँदा कालोपत्रका लागि तयारी अवस्थामा रहको उहाँको भनाइ छ । अहिले हटिया बजारदेखि जङ्घरासम्म कालोपत्र भएको उहाँले जानकारी दिनुभयो ।गलकोट नगरपालिकाका प्रवक्ता हिमबहादुर भण्डारीले सडक स्तरोन्नतिसँगै कालोपत्र भएपछि ताराखोला र गलकोट क्षेत्रका हजारौँ नागरिकलाई यात्रा गर्न तथा सामान ढुवानी गर्न सहज भएको बताउनुभयो । दुई वर्ष अगाडिसम्म बर्खामा हिलो र हिउँदमा धुलोले आजित बनेका स्थानीयको समस्यासमेत समाधान भएको उहाँको भनाइ छ । उहाँले भन्नुभयो “गलकोट–ताराखोला सडकले दुई पालिका मात्रै जोडेको छैन, यसले म्याग्दी जिल्लालाई पनि जोडेको छ, राष्ट्रिय गौरवको आयोजनालाई पनि जोडेको छ, अझ यहाँका दर्जनौँ गाउँलाई बजारसँग पनि जोडेको छ, पहिले साँघुरो कच्ची सडकमा यात्रा गर्ने नागरिक अब पक्की सडकमा हिँड्न पाउने भएका छन् ।”

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

राजधानीमा आजदेखि ठूला र मालवाहक सवारी प्रवेशमा रोक
२०८४ सम्म जनताकै साथमा रहन्छु, प्रधानमन्त्री बन्दिनँ : प्रचण्ड
धरानको मेयर हर्क साम्पाङविरुद्ध प्रहरीमा उजुरी
विश्वकै पहिलो कृषि गेम रियालिटी शो आजदेखि
मुख्यमन्त्री कार्यालयमा राजीनामा दिएका गौतमले सम्हाले मधेश लोकसेवा आयोगको सचिवको जिम्मेवारी
बाढीका कारण पूर्वपश्चिम राजमार्ग ठाउँठाउँमा अवरुद्ध, माईखोलाको बाढी बस्तीमा पस्यो : सुगाबथानका २२ घर डुबानमा
नारायणगढ–बुटवल र दाउन्ने सडक खण्डको निरन्तरता चक्रपथमा भोग्न नपरोस्ः ठाकुर गैरे
मधेशका मुख्यमन्त्रीले प्रदेशसभामा राजीनामा घोषणा गर्ने
सुरेश रजक अब सँधैका लागि अमर छन् : जगदीश खरेल
निर्वाचन वातावरण सहज बनाउन सरकार र नागरिक बचाउ महाअभियानबीच संवाद