बैंककबाट काठमाडौं आएकी युवती ६ किलो गाँजासहित विमानस्थलबाट पक्राउ
सारांश
- २६ चैत, काठमाडौं ।
- त्रिभुवन अन्तराष्ट्रिय विमानास्थलबाट ६ किलो गाँजासहित एक विदेशी महिलालाई प्रहरीले पक्राउ गरेको छ ।
- पक्राउ पर्नेमा थाइल्याण्डकी २७ वर्षीया मिस कनोकवान पोंगसुवान छिन् ।
२६ चैत, काठमाडौं ।
त्रिभुवन अन्तराष्ट्रिय विमानास्थलबाट ६ किलो गाँजासहित एक विदेशी महिलालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा थाइल्याण्डकी २७ वर्षीया मिस कनोकवान पोंगसुवान छिन् । उनलाई विमानस्थलको भन्सार एरियाबाट प्रहरीले पक्राउ गरेको हो । उनको लगेजबाट ६ किलो गाँजा बरामद भएको प्रहरीले जनाएको छ ।
उनी थाइ एअरको उडानमार्फत काठमाडौं आएकी थिइन् । उनलाई थप अनुसन्धानका लागि लागु औषध नियन्त्रण ब्यूरो कोटेश्वरमा बुझाईको छ ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया