पक्राउ पुर्जी जारी भएपछि सिरोहिया भेट्न कांग्रेस नेताहरुको लर्को

nepaltathya_news nepaltathya_news
|
मंगलबार, जेठ ८, २०८१
|
|
२६ पटक हेरिएको
Shares

सारांश

  •   ८ जेठ, काठमाडौँ ।
  • पक्राउ पुर्जी जारी भएसँगै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसदहरू कान्तिपुर पब्लिकेसनका अध्यक्ष कैलाश सिरोहियालाई भेट्न पुगेका छन् ।
  •   सिरोहियालाई भेट्न पूर्वमन्त्री एनपी साउदसहित दीपक गिरी, रामनाथ अधिकारी, वीरबहादुर बलायर, राजेन्द्र बजगाइँ, चन्दा चौधरीलगायत कान्तिपुर कम्प्लेक्समा पुगेका हुन् ।

 

८ जेठ, काठमाडौँ । पक्राउ पुर्जी जारी भएसँगै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसदहरू कान्तिपुर पब्लिकेसनका अध्यक्ष कैलाश सिरोहियालाई भेट्न पुगेका छन् । 

सिरोहियालाई भेट्न पूर्वमन्त्री एनपी साउदसहित दीपक गिरी, रामनाथ अधिकारी, वीरबहादुर बलायर, राजेन्द्र बजगाइँ, चन्दा चौधरीलगायत कान्तिपुर कम्प्लेक्समा पुगेका हुन् ।  जिल्ला अदालत धनुषाले सिरोहियाविरुद्ध मङ्गलबार पक्राउ पुर्जी जारी गरेको हो । सिरोहियाविरुद्ध जिल्ला प्रहरी कार्यालय धनुषामा दोहोरो नागरिकता लिएको आरोपमा जाहेरी दर्ता भएको थियो ।  कांग्रेस सांसदहरूले राजनीतिक प्रतिशोधका आधारमा सरकारले कारबाही गरे आफूहरूको साथ रहने सिरोहियालाई बताएको कांग्रेस सांसद रामहरि खतिवडाले  जानकारी दिए ।

यता आफूमाथि राजनीतिक प्रतिशोध साँधिएको सिरोहियाको दाबी थियो । उनले भने, ‘यस्ता कुनै पनि ब्लाकमेलिङ र राजनीतिक ब्ल्याकमेलिङबाट हामी कति पनि विचलित नभई आफ्नो कर्तव्य पूरा गर्छौँ ।’ ‘व्यक्तिगतरुपमा म जस्तो पनि अनुसन्धान भोग्नका लागि तयार छु,’ कांग्रेस नेताहरूसँग सिरोहियाले भने, ‘तर कान्तिपुर मिडिया ग्रुपलाई राजनीतिक सौदाबाजी गरेको मलाई मान्य छैन । यसका लागि तपाईंहरूको ऐक्यबद्धताका लागि तपाईंहरूलाई धन्यवाद ।’

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बानेश्वरमा संसद् बैठक राखेर बालुवाटारमा सत्तापक्ष
कोशी प्रदेशले ल्यायो ३५ अर्ब २७ करोडको बजेट
हलेसी तुवाचुङका जनप्रतिनिधिद्वारा पर्यटन प्रवर्द्धनमा जोड
सरकार निजी क्षेत्रलाई सहज हुने गरी कानुन निर्माणमा लागेको छ : मन्त्री खड्का   
विपद् प्रभावित पालिकालाई बागमती सरकारको ५ करोड ८० लाख रुपैयाँ
प्रधानमन्त्री चीन गएपछि कार्यवाहकको जिम्मेवारी उपप्रधानमन्त्री सिंहलाई
झलनाथ पत्नी चित्रकारले गुमाइन् बायाँ हात, वार्डमा सारियो
घट्यो सुनचाँदीको मूल्य , तोलाको कति पुग्यो ?
अफगानिस्तानमा ट्यांकर र ट्रक एक आपसमा ठोक्किँदा ५२ जनाको मृत्यु
माओवादीले बाँकेबाट पुनः सुरु गर्‍यो तराई-मधेस जागरण अभियान