सुनको भाउमा दिनदिनै नयाँ रेकर्ड

nepaltathya_news nepaltathya_news
|
सोमबार, चैत्र १८, २०८१
|
|
३ पटक हेरिएको
Shares

सारांश

  •   काठमाडौँ, १८ चैत :  सुनको भाउले तीन दिनदेखि लगातार नयाँ रेकर्ड बनाइरहेको छ ।
  • अन्तर्राष्ट्रिय बजारमा मूल्य बढ्ने क्रम जारी रहेपनि नेपाली बजारमा पनि प्रभाव परिरहेको छ ।
  • अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस मूल्य ३ हजार १ सय अमेरिकी डलर नाघेको छ ।

 

काठमाडौँ, १८ चैत : 

सुनको भाउले तीन दिनदेखि लगातार नयाँ रेकर्ड बनाइरहेको छ । अन्तर्राष्ट्रिय बजारमा मूल्य बढ्ने क्रम जारी रहेपनि नेपाली बजारमा पनि प्रभाव परिरहेको छ । अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस मूल्य ३ हजार १ सय अमेरिकी डलर नाघेको छ ।

नेपाली बजारमा सोमबार भाउ प्रतितोला १ लाख ७७ हजार ९ रुपैयाँ पुगेको छ, जुन मूल्य हालसम्मकै उच्च हो । अघिल्लो दिनको तुलनामा आज ११ सय रुपैयाँ बढेको हो । आइतबार प्रतितोला १ लाख ७६ हजार ८ सयमा सुनको कारोबार भएको थियो । चाँदीको मूल्य १० बढेको छ । अघिल्लो दिन प्रतितोला २ हजार २५ रुपैयाँ रहेको चाँदी आज २ हजार ३५ रुपैयाँ कायम भएको छ ।

 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?