आयोगमा पुगेर उज्यालो पार्टीका नेताले भने- भोलिबारे थाहा छैन, आज एक्लै अघि बढ्यौं

nepaltathya_news nepaltathya_news
|
सोमबार, पौष १४, २०८२
|
|
११ पटक हेरिएको
Shares

सारांश

  • १४ पुस, काठमाडौं ।
  • उज्यालो पार्टी नेपालले विभिन्न पक्षसँग एकताको संवाद भइरहेको भए पनि आफूहरूले निर्वाचनका आवश्यक तयारी पनि सँगसँगै अघि बढाएको बताएको छ ।
  • निर्वाचन आयोगमा समानुपातिकतर्फको बन्दसूची पेश गर्न पुगेका सो पार्टीका नेता प्रविण तामाङले अस्तित्वसहित आफ्नो पार्टी देशैभर संगठन निर्माणमा जुटेको दाबी गरे ।

१४ पुस, काठमाडौं ।

उज्यालो पार्टी नेपालले विभिन्न पक्षसँग एकताको संवाद भइरहेको भए पनि आफूहरूले निर्वाचनका आवश्यक तयारी पनि सँगसँगै अघि बढाएको बताएको छ । निर्वाचन आयोगमा समानुपातिकतर्फको बन्दसूची पेश गर्न पुगेका सो पार्टीका नेता प्रविण तामाङले अस्तित्वसहित आफ्नो पार्टी देशैभर संगठन निर्माणमा जुटेको दाबी गरे । ‘हाम्रो आफ्नो अस्तित्वसहितको हाम्रो पार्टी हो ।

हाम्रो पार्टीको आफ्नै खालको तयारी छ । देशैभरी आफ्नो संगठन विस्तार भइसकेको छ,’ उनले आयोग परिसरमा सञ्चारकर्मीसँग भने, ‘देशैभर हाम्रो निर्वाचन क्षेत्रमा हाम्रो उम्मेदवारी तयार भइसकेको छ । आफ्नो तयारीलाई यहाँ पेश गर्ने हो ।’ लगत्तै उनलाई ‘एक्लै लड्छ चुनाव अब यो पार्टी ?’ भनेर सञ्चारकर्मीले सोधेका थिए । ‘भोलि के हुन्छ थाहा छैन । तर एक्लैको तयारी हो,’ तामाङले भने । साथै, उनले सहमति र छलफलको कुरा प्रक्रियामा रहेको बताउँदै देशको हितका लागि अघि बढेका शक्तिसँग संवाद भइरहेको बताए । ‘सहमति र छलफलको कुरा आफ्नो प्रक्रियामा छ । अहिले पनि उज्यालो पार्टी नेपाल देश बनाउनका लागि मिलेर जान तयार छ । तर आफ्नो तयारी हामीले अघि बढाएका छौं,’ उनले भने, ‘देशमा भएका मुलुकमा परिवर्तन चाहनेसँग सबैसँग हाम्रो तयारी छ ।’

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

आज छ वटा समितिका बैठक बस्दै
लमजुङ जाँदै गरेको गाडी नुवाकोटमा दुर्घटना, एक जनाको मृत्यु
आज पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवस मुलुकभर मनाइँदै
रविन्द्र मिश्र र धवल शम्शेरलाई १५ दिन हिरासतमा राख्न अनुमति
झापाबाट १५ लाख भारुसहित एक जना पक्राउ
बुटवलबाट विराटनगरका लागि छुटेको ट्रक, अवैध समानसहित सर्लाही प्रहरीको नियन्त्रणमा
आज राष्ट्रिय सभाबाट ५ अध्यादेश प्रतिस्थापन विधेयक पारित गरिंदै
उद्योगमन्त्री भण्डारीसँग चिनियाँ राजदूत सोङको भेट
बझाङमा एमालेका ऐन महर १८ हजार ४१५ मतसहित विजयी
रविलाई पक्राउ गर्न माग गर्दै कास्की जिल्ला प्रशासन बाहिर सहकारी पीडितको नाराबाजी