आठौँ संस्करणको भोजपुर गोल्डकप वैशाख १४ देखि २० गतेसम्म

nepaltathya_news nepaltathya_news
|
आइतबार, बैशाख ७, २०८२
|
|
३ पटक हेरिएको
Shares

सारांश

  •   टक्सार (भोजपुर), ७ वैशाख ः भोजपुरको प्रतिष्ठित आठौँ अन्तरराष्ट्रिय आमन्त्रित मेयर गोल्डकप प्रतियोगितामा भारतको एक टिमसहित नेपालका सात टिमले सहभागिता जनाउने भएका छन् ।
  • प्रतियोगितामा जर्जियन फुटबल क्लब भारतसहित सशस्त्र प्रहरी बल नेपाल काठमाडाँै, चर्च ब्वाइज युनाइटेड काठमाडाँै, एलएक्स सिटी मोरङ, भगवती स्पोर्ट्स क्लब खोटाङ, नवोबुद्ध फुटबल क्लब सप्तरी, सलहेश फुटबल क्लब सिरहा र आयोजक भोजपुर जिल्ला फुटबल सङ्घले सहभागिता जनाउने आयोजकले जनाएको छ ।
  • जिल्ला फुटबल सङ्घको आयोजना तथा भोजपुर नगरपालिकाको मुख्य प्रायोजनमा प्रत्येक वर्ष जिल्ला सदरमुकाममा सञ्चालन हँुदै आएको प्रतियोगिता यस वर्ष भने यही वैशाख १४ देखि २० गतेसम्म सञ्चालन हुने छ ।

 

टक्सार (भोजपुर), ७ वैशाख ः भोजपुरको प्रतिष्ठित आठौँ अन्तरराष्ट्रिय आमन्त्रित मेयर गोल्डकप प्रतियोगितामा भारतको एक टिमसहित नेपालका सात टिमले सहभागिता जनाउने भएका छन् । प्रतियोगितामा जर्जियन फुटबल क्लब भारतसहित सशस्त्र प्रहरी बल नेपाल काठमाडाँै, चर्च ब्वाइज युनाइटेड काठमाडाँै, एलएक्स सिटी मोरङ, भगवती स्पोर्ट्स क्लब खोटाङ, नवोबुद्ध फुटबल क्लब सप्तरी, सलहेश फुटबल क्लब सिरहा र आयोजक भोजपुर जिल्ला फुटबल सङ्घले सहभागिता जनाउने आयोजकले जनाएको छ ।

जिल्ला फुटबल सङ्घको आयोजना तथा भोजपुर नगरपालिकाको मुख्य प्रायोजनमा प्रत्येक वर्ष जिल्ला सदरमुकाममा सञ्चालन हँुदै आएको प्रतियोगिता यस वर्ष भने यही वैशाख १४ देखि २० गतेसम्म सञ्चालन हुने छ । भोजपुर –७ कोदारमा रहेको रङ्गशालामा सञ्चालन हुने प्रतियोगिताका लागि भोजपुर नगरपालिकाले रु ३० लाख सहयोग गरेको छभने अन्य थप रकम सहप्रायोजकबाट सङ्कलन गरिने आयोजक संस्थाले जनाएको छ । प्रतियोगिताका विजेता तथा उपविजेताले उपाधिसहित क्रमशः नगद रु पाँच लाख र तीन लाख पाउने छन् । अन्य व्यक्तिगत विधातर्फ पनि सर्वोत्कृष्ट खेलाडी, सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोलरक्षकलाई पुरस्कारको व्यवस्था गरिएकोे आयोजक जिल्ला

फुटबल सङ्घका अध्यक्ष प्रवीण सुवालले जानकारी दिनुभयो । गत वर्ष सञ्चालन भएको सातौँ संस्करणमा चर्च ब्वाइज युनाइटेड, काठमाडौँले त्रिभुवन आर्मी क्लबलाई पेनाल्टी सुटमा ४–२ गोलले पराजित गर्दै विजेता बनेको थियो । गत वर्ष पनि जर्जियन फुटबल क्लब भारत, त्रिभुवन आर्मी क्लब काठमाडाँै, चर्च ब्वाइज युनाइटेड काठमाडाँै, राजारानी फुटबल क्लब धनकुटा, डाँगीहाट युथ क्लब मोरङ, सलहेश युवा क्लब सिरहा, भगवती स्पोर्ट्स क्लब खोटाङ र आयोजक भोजपुर जिल्ला फुटबल सङ्घले प्रतियोगितामा भाग लिएको थियो । –––

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रधानमन्त्री ‘प्रचण्ड’ आज मेलम्ची अवलोकनमा
शेरबहादुर देउवाको धनगढी निवास अगाडि बम राखेको आरोपमा युवक पक्राउ
उपनिर्वाचनका लागि आजदेखि दल दर्ता
कपिलवस्तुमा बस दुर्घ*टना हुँदा एक जनाको मृ*त्यु, पाँच जना घाइते
एक महिनामै भित्रियो २ खर्ब रेमिट्यान्स, हालसम्मकै धेरै
यस्तो छ तपाइको आजको राशिफल
धनुषामा गोली हानेर लागूऔषध कारोबारी पक्राउ
आन्दोलनमा क्षति पुगेका भौतिक संरचनाको पुनर्स्थापना र पुननिर्माण उच्च प्राथमिकतामा राखी काम गरौं : मन्त्री घिसिङ
भारतको तेलंगनामा बस र ट्रक ठोक्किंदा २० जनाको मृ*त्यु
भारत–पाकिस्तान तनावबारे सरकारको धारणा सार्वजनिक गर्न सांसदहरूको माग