आत्मसम्मान नगुमाइकन वैकल्पिक शक्तिहरुसँग सहकार्य गर्न तयार छौँ: कुलमान घिसिङ

nepaltathya_news nepaltathya_news
|
आइतबार, पौष १३, २०८२
|
|
७ पटक हेरिएको
Shares

सारांश

  •   १३ पुष, काठमाडौं ।
  • उर्जामन्त्री तथा उज्यालो नेपाल पार्टीका संरक्षक कुलमान घिसिङले वैकल्पिक शक्तिहरु एक भएर जानुपर्ने धारणा दोहोर्याएका छन् ।
  • राष्ट्रिय स्वतन्त्र पार्टी र बालेनसँगको एकतामा मिसिन नसकेका घिसिङले आज पोखरामा पुगेर वैकल्पिक शक्तिको एकतामा पुन जोड दिए ।

 

१३ पुष, काठमाडौं ।

उर्जामन्त्री तथा उज्यालो नेपाल पार्टीका संरक्षक कुलमान घिसिङले वैकल्पिक शक्तिहरु एक भएर जानुपर्ने धारणा दोहोर्याएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी र बालेनसँगको एकतामा मिसिन नसकेका घिसिङले आज पोखरामा पुगेर वैकल्पिक शक्तिको एकतामा पुन जोड दिए । उज्यालो नेपालको जिल्ला भेलालाई सम्वोधन गर्दै उनले सकेसम्म एक भएर जाने, नभए कार्यगत एकता गर्ने अवस्थामा आफ्नो पार्टी रहेको जिकिर गरे ।  सबै नयाँ र मेनस्ट्रिम फोर्सहरु एक भएर जानका लागि उनको आह्वान छ । पार्टीले आफ्नो आत्सम्मान र स्वाभिमान कायम राखेर सबैसँग सहकार्य गर्ने उनले बताए ।

घिसिङले भने, ‘आजको दिन नेपाली जनताले वैकल्पिक शक्तिहरु एक भएर अगाडि बढोस भन्ने र नयाँ नेतृत्व देओस भन्ने चाहेका छन् । त्यसलाई हामी सबैले बुझेर त्यसतर्फ अगाडि बढ्नुपर्छ । त्यसतर्फ उज्यालो नेपाल पार्टी सदैव अग्रसर छ । एउटा सम्मानजनक उपस्थिति, आत्मसम्मान र आफ्नो स्वाभिमानलाई यथास्थितिमा राखेर, त्यसलाई नमेटाइकन सबैसँग सहकार्य गर्न तयार छौं । सहकार्य गरेरै अगाडि बढ्ने हो। यसतर्फ धेरै कुराहरु भइरहेको छ । आगामी दिनमा रिजल्ट आउने म विश्वास व्यक्त गर्न चाहन्छु ।’

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कांग्रेस चुनावमा जान तयार छ : पूर्णबहादुर खड्का
मोटरसाइकलको ठक्करबाट एक जनाको मृत्यु
पहिराले कर्णाली राजमार्ग र देहिमाडौँ–गिरेगडा सडक अवरुद्ध
राष्ट्रपतिबाट कैद मिनाहा पाएको ५ महिनामा अपहरणको धम्की दिएपछि फेरि पक्राउ
राप्रपाले भोलि बिजुलीबजारमा प्रदर्शन गर्ने, निषेधित क्षेत्र तोड्ने तयारी
मौसम महाशाखाको २४ घण्टे चेतावनी: सतर्कता अपनाउनू
प्रधानमन्त्रीले भ्रष्टाचारीको गाला मुसारेर मन्त्रिपरिषद्मा राख्नुहुन्छः माओवादी सांसद आलेमगर
कमला बचाऔं अभियानलाई साथ दिने लामिछानेको वचन
रास्वपाका सबै सांसदले राजीनामा दिने
मधेशमा शान्ति कायम गर्न गृहमन्त्रीको सक्रियता