क्रिकेट सङ्घको अधिवेशन असोज ५ र ६ गते काठमाडौँमा हुने

nepaltathya_news nepaltathya_news
|
बिहिबार, भाद्र २८, २०८०
|
|
२१ पटक हेरिएको
Shares

सारांश

  • २८ भदौ, काठमाडौं ।
  • नेपाल क्रिकेट संघ क्यानको केन्द्रीय साधारण सभा तथा अधिवेशन असोज ५ र ६ गते काठमाडौंमा हुने भएको छ ।
  • नेपाल क्रिकेट सङ्घ क्यानले आज बिहीबार निकालेको सूचना अनुसार अधिवेशन नयाँ बानेश्वरको एभरेष्ट होटलमा हुने छ ।

२८ भदौ, काठमाडौं । नेपाल क्रिकेट संघ क्यानको केन्द्रीय साधारण सभा तथा अधिवेशन असोज ५ र ६ गते काठमाडौंमा हुने भएको छ ।

नेपाल क्रिकेट सङ्घ क्यानले आज बिहीबार निकालेको सूचना अनुसार अधिवेशन नयाँ बानेश्वरको एभरेष्ट होटलमा हुने छ । यो अधिवेशनले क्यानको नयाँ नेतृत्वसमेत चयन गर्ने छ । अधिवेशनमा केन्द्रीय कार्यसमितिका पदाधिकारी तथा सदस्य, प्रादेशिक क्रिकेट सङ्घ, जिल्ला क्रिकेट सङ्घ, नेपाल अम्पायर्स तथा कोरर्स सङ्घ र नेपाल क्रिकेट प्रशिक्षक सङ्घबाट चयन भएका प्रतिनिधिहरूले भाग लिन पाउने छन् ।

केन्द्रीय अधिवेशनअघि जिल्ला तथा प्रदेश अधिवेशनहरू भइसकेको क्यानले जनाएको छ । क्यानको आगामी नेतृत्वका लागि वर्तमान अध्यक्ष चतुरबहादुर चन्दले नै दोहोरिने तयारी गरेका छन् । कोषाध्यक्ष रोशनकुमार सिंहले पनि अध्यक्षमा उठ्ने बताएका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

गएको आर्थिक वर्षमा साढे १४ खर्ब रुपैयाँ रेमिट्यान्स भित्रियो
भाटभटेनीबाट दुई लाख बढीको सामान चोर्ने एक पक्राउ
बाँकेको बाल सुधारगृहबाट भागेका ४५ बालबन्दी अझै फरार
नक्कली भुटानी शरणार्थी प्रकरणमा पाटन उच्च अदालतमा सुनुवाइ जारी
फाइनल प्रवेशका लागि जनकपुर र कर्णाली भिड्दै
यस्तो छ तपाइको आजको राशिफल
पार्टी सदस्यता नविकरण भइसकेको छ, यसलाई विवादमा पार्नुपर्ने विषय होइनः विद्यादेवी भण्डारी
राष्ट्रपति पौडेल उपप्रधानमन्त्री पौडेल र पोखराका मेयरको स्वास्थ्य अवस्था बुझ्न कीर्तिपुरमा
चितुवाले आक्रमण गर्दा एक बालकको मृत्यु
आज वैशाख २८ गते बिहिबार, यस्तो छ आजको राशिफल।