धनकुटामा अटो नालामा पल्टिँदा ७ जना घाइते

nepaltathya_news nepaltathya_news
|
शुक्रबार, आषाढ २०, २०८२
|
|
३ पटक हेरिएको
Shares

सारांश

  • २० असार, धनकुटा ।
  • धनकुटा नगरपालिका–९ स्थित गुठीटार–बेलहारा भित्री सडकखण्डमा अटो दुर्घटना हुँदा सात जना घाइते भएका छन्।
  • बेलहाराबाट सदरमुकामतर्फ आउँदै गरेको को २ ह ५५६७ नम्बरको अटो अनियन्त्रित भई नालामा पल्टिँदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ।

२० असार, धनकुटा ।

धनकुटा नगरपालिका–९ स्थित गुठीटार–बेलहारा भित्री सडकखण्डमा अटो दुर्घटना हुँदा सात जना घाइते भएका छन्। बेलहाराबाट सदरमुकामतर्फ आउँदै गरेको को २ ह ५५६७ नम्बरको अटो अनियन्त्रित भई नालामा पल्टिँदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ। दिउँसो १:३५बजे भएको दुर्घटनामा  घाइतेहरूलाई तत्काल उद्धार गरी जिल्ला अस्पताल धनकुटा पुर्याइएको प्रहरीले जनाएको छ। दुर्घटनापछि अटो चालक धनकुटा नगरपालिका–९ का

४२ वर्षीय जितेन्द्र बास्तोलालाई प्रहरीले नियन्त्रणमा लिएको छ। घाइते हुनेहरूमा धनकुटा–९ की ६१ वर्षीया निर्मला बस्नेत, ३३ वर्षीया रेनुका न्यौपाने, १७ वर्षीय डेबिड विक,, जनकपुर–१४ का ४४ वर्षीय बसन्त बहादुर पुर्वे, काठमाडौं–२६ का ५० वर्षीय रमेश प्रसाद दुलाल, र मोरङ कानेपोखरी–५ की २० वर्षीया देवी विक रहेका छन्। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

इजरायलबाट फर्केका विपिनकी आमा र बहिनीले भेटे प्रधानमन्त्री
विशेष महाधिवेशनको माग बाध्यकारी छ: विश्वप्रकाश शर्मा
हाम्रा युवामा घमण्ड छैन, कसैले पिट्न आए ओम शान्ति पनि भन्दैनन् : प्रधानमन्त्री
आईजीपी थापालाई दर्ज्यानी चिन्ह प्रदान
प्रहरीको घेरा तोड्दै संसद् भवनभित्र छिरे जेनजी
वीरगञ्ज नाका हुँदै दुई खर्ब १८ अर्बको आयात, २६ अर्ब ५९ करोडको निर्यात
काठमाडौंमा पानीका लागि ट्यांकरको भर पर्नु पर्दैन, बर्खामा मेलम्ची बन्द हुँदैन : मन्त्री यादव
मधेशको मुख्यमन्त्रीमा कृष्णप्रसाद यादव नियुक्त
सरकारले तत्काल राजीनामा दिनुपर्छ : सांसद शाही
पहिलो चौमासिकमा काठमाडौं महानगरपालिकाको खर्च १२.९४ प्रतिशत