गृहमन्त्रीको राजीनामा नआएसम्म संसद अवरोध कायमै रहन्छ : माओवादी केन्द्र

nepaltathya_news nepaltathya_news
|
सोमबार, जेठ १९, २०८२
|
|
३ पटक हेरिएको
Shares

सारांश

  •   काठमाडौं ।
  • नेकपा माओवादी केन्द्रले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा नआएसम्म संसदको अवरोध कायमै राख्ने निर्णय गरेको छ ।
  • सोमबार संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको माओवादी संसदीय दलको बैठकले यस्तो निर्णय गरेको पार्टीका उपमहासचिव वर्षमान पुनले बताए ।

 

काठमाडौं । नेकपा माओवादी केन्द्रले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा नआएसम्म संसदको अवरोध कायमै राख्ने निर्णय गरेको छ । सोमबार संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको माओवादी संसदीय दलको बैठकले यस्तो निर्णय गरेको पार्टीका उपमहासचिव वर्षमान पुनले बताए ।

उनले भने, ‘भोलि(मंगलबार)को संसदको अवरोध यथावत रहन्छ । गृहमन्त्रीले राजीनामा दिनुपर्छ भनेर विपक्षीले मात्रै भनिरहेको छैन । आम मिडिया र जनसमूदायले भनिरहेको छ । भिजिट भिसा प्रकरणमा सेटिङ भएको छ । को संलग्न छ भन्ने कुरा त छानबिनले देखाउँछ । छानबिनको लागि उहाँले मार्गप्रशस्त गर्नुपर्छ भन्ने दलको निष्कर्ष छ ।

साथै माओवादी बैठकले गृहमन्त्रीले नैतिकताको आधारमा राजीनामा दिनुपर्ने निष्कर्ष निकालेको छ ।  त्यस्तै सरकारले ल्याएको आगामी वर्षको बजेट आधारभूत वर्गलाई नछोएको माओवादीले निष्कर्ष निकालेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कचोर्वा , पथलवाघाटबाट र खजानीबाट तस्करी
नाराबाजीबीच गृहमन्त्रीले भने– भिजिट भिसामा मेरो संलग्नता छैन
आज प्रतिनिधि सभामा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर
स्वास्थ्यमन्त्री पौडेलले राजीनामा दिँदै
शीतभण्डार सञ्चालन गर्न निजी क्षेत्र खोज्दै गाउँपालिका
सशस्त्रकी इन्स्पेक्टर ब्यारेकमै मृत भेटिएको घटना : छानबिन गर्न समिति गठन
राष्ट्रपतिले प्रधानमन्त्री‍, मन्त्री र राजनीतिक दलसँग छलफल गर्दै
चौथो खेलमा नेदरल्याण्ड्सविरुद्ध ब्याटिङ गर्दै नेपाल
स्कटल्यान्डविरुद्धको खेलमा नेपालले टस जित्यो
सहारा सहकारी ठगी प्रकरण : रवि लामिछानेसहित ३२ जनाविरुद्ध मुद्दा दर्ता