आइतबार प्रतिनिधिसभा बैठक बस्ने, यस्ता छन् कार्यसूची

nepaltathya_news nepaltathya_news
|
शनिबार, चैत्र १६, २०८१
|
|
३ पटक हेरिएको
Shares

सारांश

  •   १६ चैत, काठमाडौँ ।
  • आइतबार सङ्घीय संसद् अन्तर्गत प्रतिनिधिसभाको बैठक बस्ने भएको छ ।
  • पाँचौँ अधिवेशन अन्तर्गत २४ औँ बैठक बिहान ११ बजे बस्ने भएको हो ।

 

१६ चैत, काठमाडौँ ।

आइतबार सङ्घीय संसद् अन्तर्गत प्रतिनिधिसभाको बैठक बस्ने भएको छ । पाँचौँ अधिवेशन अन्तर्गत २४ औँ बैठक बिहान ११ बजे बस्ने भएको हो ।  सङ्घीय संसद्का महासचिव पदमप्रसाद पाण्डेका अनुसार बैठकको दैनिक सम्भावित कार्यसूचीमा बैङ्किङ कसुर तथा सजाय (दोस्रो संशोधन) विधेयक २०८० का सम्बन्धमा राष्ट्रियसभाबाट प्राप्त सन्देशसहितको विधेयक टेबुल गर्ने, पूर्वाधार विकास समितिका सभापति दीपकबहादुर सिंहले ‘जलश्रोत विधेयक सम्बन्धी समितिको प्रतिवेदन, २०८१ पेस गर्नेछन् ।

त्यस्तै महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री नवलकिशोर साहले मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) पहिलो संशोधन विधेयक २०८१ प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव प्रस्तुत गर्ने र सो विधेयक प्रस्तुत गर्ने,  संसदीय मामिला मन्त्री अजयकुमार चौरसियाले राष्ट्रियसभामा उत्पत्ति भएको ‘नेपाल कानुन व्यवसायी परिषद् (दोस्रो संशोधन) विधेयक २०८१ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने,  उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले ‘निकासी पैठारी (नियमन) विधेयकलाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।

बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले ‘राज्य व्यवस्था तथा सुशासन समितिको प्रतिवेदन सहितको संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) विधेयक २०७९ माथि छलफलका लागि प्रस्ताव  प्रस्तुत गर्ने र सो प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची समेत रहेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

अमेरिकाले गर्‍यो ६ हजारभन्दा बढी अन्तर्राष्ट्रिय विद्यार्थीको भिसा रद्द
मिटरब्याज सम्बन्धी गुनासो र उजुरी दर्ता गर्न सबै जिल्ला प्रशासनलाई गृहको परिपत्र
रास्वपाले बोलायो चैत्र १२ गतेका लागि केन्द्रीय समितिको बैठक
पौडी खेल्ने क्रममा डुबेर किशोरको मृ*त्यु
डिजल र मट्टीतेलको मूल्य बढ्यो, कति पुग्यो ?
सर्लाही क्याम्पसमा सुजित यादवको प्यानल विजयी
गभर्नर नियुक्तिमा चलखेल भइरहेको आशंका छ : कोइराला
धनगढीकी उपमेयर राना कैलाली ५ बाट एमाले महाधिवेशन प्रतिनिधिमा पराजित
शिक्षकहरूको प्रदर्शनका कारण ट्राफिक अस्तव्यस्त
चार महिनामा नेपाल प्रहरीका ५ सय ९ जना प्रहरी कर्मचारीले दिए राजीनामा