आजको मौसम: कोशी प्रदेशका केही स्थानमा वर्षाको सम्भावना
सारांश
- २९ असोज, काठमाडौं ।
- जल तथा मौसम पूर्वानुमान महाशाखाले आज देशभर कुनै मौसम प्रणालीको प्रभाव नरहेका कारण मौसम सफा रहने जानकारी दिएको छ ।
- महाशाखाका अनुसार आज दिउँसो कोशी, गण्डकी र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ भने कोशी प्रदेशको पहाडी भूभागका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।
२९ असोज, काठमाडौं ।
जल तथा मौसम पूर्वानुमान महाशाखाले आज देशभर कुनै मौसम प्रणालीको प्रभाव नरहेका कारण मौसम सफा रहने जानकारी दिएको छ ।

महाशाखाका अनुसार आज दिउँसो कोशी, गण्डकी र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ भने कोशी प्रदेशको पहाडी भूभागका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । साथै, महाशाखाका अनुसार आज राति भने देशभर मौसम सफा नै रहने छ ।

कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया