अमेरिकाले गर्‍यो ६ हजारभन्दा बढी अन्तर्राष्ट्रिय विद्यार्थीको भिसा रद्द

nepaltathya_news nepaltathya_news
|
शुक्रबार, भाद्र ६, २०८२
|
|
४ पटक हेरिएको
Shares

सारांश

  • ६ भदौ काठमाडौँ ।
  • अमेरिकी स्टेट डिपार्टमेन्टले ६ हजारभन्दा बढी अन्तर्राष्ट्रिय विद्यार्थी भिसा खारेज गरेको छ ।
  • विभागले भिसा रद्द गर्नुको प्रमुख कारण अमेरिकी कानून उल्लङ्घन, ओभरस्टे, आपराधिक गतिविधि तथा आतंकवादसम्बन्धी मुद्दा रहेको स्पष्टीकरण दिएको छ ।

६ भदौ काठमाडौँ ।

अमेरिकी स्टेट डिपार्टमेन्टले ६ हजारभन्दा बढी अन्तर्राष्ट्रिय विद्यार्थी भिसा खारेज गरेको छ । विभागले भिसा रद्द गर्नुको प्रमुख कारण अमेरिकी कानून उल्लङ्घन, ओभरस्टे, आपराधिक गतिविधि तथा आतंकवादसम्बन्धी मुद्दा रहेको स्पष्टीकरण दिएको छ । स्टेट डिपार्टमेन्टले दिएको विवरणअनुसार, रद्द गरिएका भिसामध्ये करिब ४ हजार विद्यार्थीले कानून उल्लङ्घन गरेका थिए । यसमा आक्रमण, मदिरा सेवन गरेर गाडी चलाउने, चोरीजस्ता आपराधिक घटनाहरू सामेल छन् ।

साथै, २०० देखि ३०० भिसा आईएनए ३ बी धारा अन्तर्गत आतंकवादी गतिविधिमा संलग्न रहेको आरोपमा खारेज गरिएको हो । उक्त धारामा मानव जीवनलाई खतरामा पार्ने वा अमेरिकी कानून उल्लङ्घन गर्ने गतिविधिलाई ‘आतंकवादी गतिविधि’का रूपमा परिभाषित गरिएको छ । यस कदमलाई ट्रम्प प्रशासनको आप्रवासन र अन्तर्राष्ट्रिय विद्यार्थीमाथिको कडाइको निरन्तरता मानिएको छ । प्रशासनले पछिल्ला दिनमा प्यालेस्टाइन समर्थक आन्दोलनमा सहभागी भएका केही विद्यार्थीलाई पनि निशाना बनाएको र तिनीहरूलाई यहुदीविरोधी व्यवहार देखाएको भन्दै कारबाही गरिएको सीएनएनले जनाएको छ ।

ट्रम्प प्रशासनले यसअघि नै अन्तर्राष्ट्रिय विद्यार्थी भिसा आवेदन प्रक्रिया कडा बनाएको थियो । यस वर्षको शुरूआतमा केही समयका लागि भिसा अपोइन्टमेन्ट रोकेपछि जुन महिनामा फेरि खुलाउँदा सबै विद्यार्थीलाई आफ्नो सामाजिक सञ्जाल खाता सार्वजनिक गर्नुपर्ने व्यवस्था गरिएको थियो ।

अधिकारीहरूले नागरिक, सरकार, संस्था वा अमेरिकी मूलभूत मूल्यको विरोध गर्ने गतिविधि भेटिएमा भिसा नदिने चेतावनी दिएका थिए ।

विद्यार्थी भिसा खारेज गर्ने यो कदममाथि अमेरिकी डेमोक्र्याट सांसदहरूले आलोचना गरेका छन् । उनीहरूले यसलाई ‘विद्यार्थीहरूको कानूनी प्रक्रिया र निष्पक्ष अवसरमाथिको आक्रमण’ भनेका छन् ।

ओपन डोर्सको तथ्याङ्कअनुसार २०२३/२४ शैक्षिक सत्रमा २१० भन्दा बढी मुलुकका ११ लाख भन्दा बढी अन्तर्राष्ट्रिय विद्यार्थी अमेरिकामा भर्ना भएका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मेयर बालेन शाहको प्रश्न- हाम्रा समस्या संघीय सरकारलाई नै भन्नपर्ने भए किन चाहियो प्रदेश?
नदी तर्ने क्रममा काठेपुलबाट खसेर मोटरसाइकल चालक बेपत्ता
जसपा नेत्रीले पेस्ताल पड्काउँदै नाचेको भिडिओ भाइरल, सोधपुछका लागि प्रहरीले बोलायो
माओवादी केन्द्रसहित नौवटा वाम पार्टीको एकता घोषणा आज
सस्तोमा ल्यापटप मिलाइदिने भन्दै २७ लाखभन्दा बढी ठगी गर्ने व्यक्तिहरु पक्राउ
गोरखाको विकासमा बजेट सुनिश्चित गर्न सांसद ढकालको माग
४२ वर्षमै अस्ताएका प्रशान्त तामाङको आज दार्जिलिङमा अन्त्येष्टि गरिँदै
निरंकुशताको पक्षमा उठ्ने आवाज अपराध हो, आन्दोलन होइनः प्रचण्ड
भन्सार छलीका भारतिय स्कारपियो सहित कपडा बरामद
भृकुटी मण्डपमा आज एमालेको शक्ति प्रदर्शन