इजरायली आक्रमणमा शीर्ष हेजबुल्लाह कमान्डरको मृत्यु

nepaltathya_news nepaltathya_news
|
मंगलबार, चैत्र १२, २०८१
|
|
६ पटक हेरिएको
Shares

सारांश

  •   “१२ चैत ।
  • लेबनानको नाबातीहमा मङ्गलबार भएको आक्रमणमा हेजबुल्लाहको एक वरिष्ठ सैन्य कमान्डरको मृत्यु भएको सुरक्षा स्रोतले जनाएको छ ।
  • “एक इजरायली ड्रोनले काकैयत अल–जिसर गाउँमा मिसाइल प्रहार गर्यो, जसमा एक व्यक्तिको मृत्यु भयो,” स्रोतले सिन्ह्वालाई बताएको छ ।

 

“१२ चैत । लेबनानको नाबातीहमा मङ्गलबार भएको आक्रमणमा हेजबुल्लाहको एक वरिष्ठ सैन्य कमान्डरको मृत्यु भएको सुरक्षा स्रोतले जनाएको छ ।“एक इजरायली ड्रोनले काकैयत अल–जिसर गाउँमा मिसाइल प्रहार गर्यो, जसमा एक व्यक्तिको मृत्यु भयो,” स्रोतले सिन्ह्वालाई बताएको छ ।

नागरिक रक्षा टोलीहरूले नाबाटीहको अस्पतालमा पु¥याएको शव हिज्बुल्लाह सैन्य कमाण्डर हसन कमाल हलावीको रूपमा पहिचान गरिएको नाम नखुलाइएको स्रोतले जनाएको छ । यद्यपि, लेबनानको जनस्वास्थ्य आपतकालीन अपरेशन सेन्टरले एक विज्ञप्तिमा मृत व्यक्ति ‘एक नागरिक’ भएको बताएको छ । यसैबीच, इजरायली सेनाले हिजो राति नाबाटीहमा ड्रोन आक्रमण गरी हलावीलाई मारेको पुष्टि गरेको छ । युद्धको क्रममा हलावी इजरायल विरुद्ध धेरै आतङ्कवादी आक्रमणहरूको लागि जिम्मेवार थिए,”

सेनाले एक विज्ञप्तिमा उल्लेख गरेको छ । “हालैका महिनाहरूमा हलावीले इजरायली नागरिकहरू विरुद्ध आतङ्कवादी गतिविधिमा संलग्न भएको छ ।” नोभेम्बर २७, सन २०२४ देखि, हेजबुल्लाह र इजरायल बीच अमेरिका र फ्रान्सेली मध्यस्थतामा युद्धविराम लागू भएको थियो । इजरायलले लेबनानी भूभागबाट फिर्ता जानुपर्ने सम्झौताको बाबजुद पनि इजरायली सेनाले फेब्रुअरी १८ को समयसीमाभन्दा बाहिर पनि सीमामा पाँच प्रमुख स्थानहरूमा आफ्नो स्थिति कायम राखेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

वीरेन्द्र सभागृहमा कोशी प्रदेशसभा सञ्चालन गर्न महानगर र प्रदेशसभा सचिवालयबीच सम्झौता
फ्रान्समा बजेट कटौतीविरुद्ध लाखौं मानिस सडकमा, ८० हजार प्रहरी तैनाथ
कावासोतीमा जीप दुर्घटना, दुई जनाको मृत्यु, २८ घाइते
जेनजी आन्दोलन पनि पश्चिमाहरुको डिजाइमा भयो, अब राजसंस्था आवश्यक भइसक्यो: दुर्गा प्रसाईं
२० वर्षपछि अछेते–भिमापोखरा सडक स्तरोन्नति
नेपाल प्रिमियर लिग एनपीएलमा आज दुई खेल, चितवन र कर्णाली तथा विराटनगर र पोखरा खेल्दै
परराष्ट्रमन्त्री राणा र श्रीलङ्काका परराष्ट्र उपमन्त्रीबिच भेटवार्ता
सुदूरपश्चिमप्रति केन्द्रीय सत्ताको विभेदपूर्ण व्यवहार छः अध्यक्ष दाहाल
दार्चुलामा गाउँपालिका अध्यक्ष चढेको गाडी दुर्घटना
स्वास्थ्य संस्थाले नागरिक बडापत्रमा सेवाको शुल्क टाँस्नुपर्छः पौडेल