जेनजी आन्दोलन पनि पश्चिमाहरुको डिजाइमा भयो, अब राजसंस्था आवश्यक भइसक्यो: दुर्गा प्रसाईं

nepaltathya_news nepaltathya_news
|
मंगलबार, आश्विन २१, २०८२
|
|
८ पटक हेरिएको
Shares

सारांश

  • २१ असोज, काठमाडौं ।
  • मेडिकल व्यवसायी दुर्गा प्रसाईले चाडै देशमा नेपाल र नेपाली नागरिकहरुले चाहेको संबैधानिक राजसंस्था सहितको व्यवस्था आउने दाबी गरेका छन् ।
  • मंगलबार सामाजिक संजालमा आफ्नो धारणा राख्दै उनले काठमाडौँ केन्द्रित भई देशभरी हुने आन्दोलनका लागि तयार रहन अनुरोध पनि अनुरोध गरेका छन् ।

२१ असोज, काठमाडौं ।

मेडिकल व्यवसायी दुर्गा प्रसाईले चाडै देशमा नेपाल र नेपाली नागरिकहरुले चाहेको संबैधानिक राजसंस्था सहितको व्यवस्था आउने दाबी गरेका छन् । मंगलबार सामाजिक संजालमा आफ्नो धारणा राख्दै उनले काठमाडौँ केन्द्रित भई देशभरी हुने आन्दोलनका लागि तयार रहन अनुरोध पनि अनुरोध गरेका छन् ।  जेनजी आन्दोलन समेत पश्चिमाहरुको डिजाइनमा भएको भन्दै उनले ०४७ सालको संबिधान पुनः स्थापना गर्नु आवश्यक रहेको औल्याएका छन् ।

उनले संबैधानिक राजसंस्था सहितको व्यवस्था आउने भएकाले हातमा दियो बोकेर दिपावली गर्नको लागि तयार रहन अनुरोध समेत गरेका छन् ।
नेपाली जनताले अहिले पनि नचेते कहिले चेत्ने ? हिजोको राजाको शासन एक पटक सम्झिनुस ! गणतन्त्र हुदै गिरिजा, देउवा, प्रचण्ड, ओली हुदै आज जिएनजी आन्दोलनको नाममा पश्चिमाहरुको डिजाइनमा बालेन जस्ता लुसिफर र सुशिला कार्कीको सरकार,त्यसमा पनी नेपाली सेना, प्रहरी र कर्मचारीलाई ठाडो निर्देशन दिएर हिड्ने सुदन गुरुङ्ग ! भनेपछी देश कहाँ पुग्यो र देश लाई कहाँ लगिदै छरु त्यहि भएर धैर्य गर्नुस राजा,देउता,धर्म र संस्कृती खोपीमै भए पनि चाहिदो रहेछ, प्रतिक्षा गर्नुस् ! बौद्ध, किराँत सहितको बैद्विक सनातन हिन्दु अधिराज्य नेपाल बनाउन, २०४७ सालको संबिधान पुनः स्थापना गर्नु छिमेकी मुलुकका लागि पनि र नेपालीहरुका लागि पनि अपरिहार्य भएको छ,

त्यसैले चाडै देशमा नेपाल र नेपाली नागरिकहरुले चाहेको संबैधानिक राजसंस्था सहितको व्यवस्था आउँदै छ, हातमा दियो बोकेर दिपावली गर्नको लागि तयार रहनुहोला । साथै लघुवित्त पिडित, सहकारी पिडित, बैंकबाट कालो सुचिमा परेका र घरबार लिलाम भएका सम्पुर्ण अभियान्ताहरुलाई काठमाडौँ केन्द्रित भई देशै भरी आन्दोलनका लागि तयार रहन अनुरोध गर्दछु ।

 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?