शरीर भेटिएको दुई दिनपछि शवको टाउको भेटियो

nepaltathya_news nepaltathya_news
|
सोमबार, आश्विन २८, २०८१
|
|
३ पटक हेरिएको
Shares

सारांश

  •   नेपालगन्ज — दसैंको राति कोहलपुरका चन्द्रबहादुर कामीको टाउको नभएको शव प्रहरीले फेला पारेको थियो ।
  • त्यसरी शरीर मात्रै भेटिएको दुई दिनपछि प्रहरीले शवको टाउको पनि फेला पारेको छ ।
  • जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार कोहलपुरका चन्द्रबहादुर कामीको शरीर भेट्टाको दुई दिनपछि टाउको भेट्टिएको हो ।

 

नेपालगन्ज — दसैंको राति कोहलपुरका चन्द्रबहादुर कामीको टाउको नभएको शव प्रहरीले फेला पारेको थियो । त्यसरी शरीर मात्रै भेटिएको दुई दिनपछि प्रहरीले शवको टाउको पनि फेला पारेको छ ।

जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार कोहलपुरका चन्द्रबहादुर कामीको शरीर भेट्टाको दुई दिनपछि टाउको भेट्टिएको हो । शवको टाउको चन्द्रबहादुर कामीकी बहिनी नाता पर्ने सुनिता परियारको घरको ट्वाइलेटको सेफ्टी ट्याङकीमा भेट्टिएको बाँकेका डीएसपी आयुष्मान जोशीले बताए । उक्त घटना बारेमा विस्तृत रुपमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

कामीको टाउको घटनास्थलबाट करिब ५०० मिटर उत्तरपूर्वमा सुनिता परियारको घरको सेफ्टी ट्याङ्कीमा फेला परेको हो ।कोहलपुर नगरपालिका–८ पिपिरी चोकदेखि करिब दुई किलोमिटर पूर्व शितलनगरमा शनिबार राति कामीको टाउको नभएको शव फेला परेको थियो ।शनिबार राति करिब साढे १२ बजेको समयमा स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?