बजेट निर्माणका लागि मन्त्रालयगत छलफल शुरू

nepaltathya_news nepaltathya_news
|
बुधबार, फाल्गुन २१, २०८१
|
|
४ पटक हेरिएको
Shares

सारांश

  •   २१ फागुन, काठमाडौं- अर्थ मन्त्रालयले आउँदो आर्थिक वर्षको बजेट निर्माणका लागि मन्त्रालयगत छलफल शुरू गरेको छ ।
  • मन्त्रालयले आज भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र त्यस मातहतका विभाग तथा निकायहरूसँग परामर्श गर्दै छलफल थालेको हो ।
  • छलफलमा उपप्रधान एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अनुशासित र यथार्थपरक बजेट ल्याउने दाबी गर्नुभएको छ ।

 

२१ फागुन, काठमाडौं- अर्थ मन्त्रालयले आउँदो आर्थिक वर्षको बजेट निर्माणका लागि मन्त्रालयगत छलफल शुरू गरेको छ । मन्त्रालयले आज भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र त्यस मातहतका विभाग तथा निकायहरूसँग परामर्श गर्दै छलफल थालेको हो ।

छलफलमा उपप्रधान एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अनुशासित र यथार्थपरक बजेट ल्याउने दाबी गर्नुभएको छ ।  यर्थाथपरक बजेट आउँदा बीचबीचमा रकमान्तर र संशोधन गर्न नपर्ने र कार्यान्वयनमा समस्या नआउने उहाँको भनाइ छ । अर्थमन्त्री पौडेले बजेटको सिद्धान्त, मूल्य मान्यतालाई आत्मसात् गरी बजेट बनाउने र विगतको अनुभवबाट शिक्षा लिएर अघि बढ्ने बताउनुभयो ।

विपद्पछिको पुनर्निर्माणलाई प्राथमिकता दिनुपर्ने उल्लेख गर्दै अर्थमन्त्री पौडेलले जीवन्त र प्रभावकारी बजेट बनाउने, नीति तथा कार्यक्रम र बजेटबीच तादाम्यता मिलाएर आउँदो आर्थिक वर्षको बजेट बनाउने बताउनुभयो । उहाँले बैठकमा १६ बुँदे सुझाव दिनुभएको छ । राष्ट्रिय स्रोत अनुमान समितिले आउँदो आर्थिक वर्ष २०८२र८३ का लागि १९ खर्ब ६५ करोड रुपैयाँको सीमाभित्र रहेर बजेट ल्याउन सकिने गरी सरकारलाई सिफारिश गरेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ