आहा रारा पोखरा गोल्कपको उपाधि उज्वेकिस्तानी टिमलाई, फाइनलमा पुलिस पराजित

nepaltathya_news nepaltathya_news
|
शनिबार, फाल्गुन ३, २०८१
|
|
२४ पटक हेरिएको
Shares

सारांश

  •   पोखरा ।
  • चौबीसौँ आहा रारा पोखरा गोल्कपको उपाधि उज्वेकिस्तानको ब्ल्याक बुल्स एफसीले जितेको छ ।
  • आज पोखरा रंगशालामा भएको फाइनलमा छ पटकको विजेता नेपाल पुलिस क्लबलाई ३-१ गोल अन्तरले पराजित गर्दैै ब्ल्याक बुल्सले उपाधि जितेको हो ।

 

पोखरा । चौबीसौँ आहा रारा पोखरा गोल्कपको उपाधि उज्वेकिस्तानको ब्ल्याक बुल्स एफसीले जितेको छ । आज पोखरा रंगशालामा भएको फाइनलमा छ पटकको विजेता नेपाल पुलिस क्लबलाई ३-१ गोल अन्तरले पराजित गर्दैै ब्ल्याक बुल्सले उपाधि जितेको हो । ब्ल्याक बुल्सलाई उपाधि दिलाउन कप्तान जाखोनगिर अख्मादोभले खेलको ४०औँ मिनेटमा उत्कृष्ट गोल गरेका थिए ।

अख्मादोभले बक्स बाहिरबाट हानेको फ्रिकिक पुलिसका किपर शत्रुघनको हातमै परे पनि उनले बल पन्च नगरि समात्न खोज्दै बल पूर्ण रुपमा क्लियर गर्न नसकेपछि गोल भएको थियो । यस्तै खेलको ५८औँ मिनेटमा असिलबेक ओरिफजोनोभले पेनाल्टी बक्सबाट गरेको प्रहार गोलमा परिणत भयो । प्रतियोगिताको उनको यो व्यक्तिगत दोस्रो गोल थियो ।

यसैगरी खेलको ६६औ मिनेटमा साभकातजोन सात्तोरोभले गोल गरेर उपाधि सुनिश्चित गरिदिए । प्रतियोगितामा उनको यो व्यक्तिगत तेस्रो गोल थियो । खेलको ७४औँ मिनेटमा शिशिर चौधरीले गोल गरे । उज्वल राईको फ्रिकिकमा उनले हेडमार्फत उत्कृष्ट गोल गरेका थिए । उपाधि विजेता ब्ल्याक बुल्सले १२ लाख एक हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्यो भने नेपाल पुलिसले छ लाख एक हजार रुपैयाँमा चित्त बुझायो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कोशी नाम खारेजीको मागसहित विराटनगरमा राष्ट्रिय मुक्ति क्रान्तिको विरोधसभा
हुरीले घर भत्कँदा एक जनाको मृत्यु
बैतडी जन्तीबस दु*र्घटनामापरी १३ जनाको मृ*त्यु
आज घर घरमा फूलपाती भित्र्याइँदै
फेसबुकले ३० दिन बढीको लाइभ भिडिओ डिलिट गर्दै, सेभ गर्न आग्रह
लेबनानमा भएको इजरायली हमलामा दर्जनौँको मृत्यु
सामाजिक सञ्जाल नियमनका लागि कार्यदल बनाउन काउन्सिललाई सञ्चारमन्त्रीको सुझाव
४२ वर्षमै अस्ताएका प्रशान्त तामाङको आज दार्जिलिङमा अन्त्येष्टि गरिँदै
कर्णाली प्रदेश रंगशाला अनुगमन गर्दै प्रचण्डले भने- दशौं राष्ट्रिय खेलकुद समयमै हुनुपर्छ
नेपाली महिला क्रिकेट टोलीले आज मलेसियासँग खेल्दै