पर्व बिदामा पनि आयोगका कार्यालय खुला रहने

nepaltathya_news nepaltathya_news
|
आइतबार, आश्विन १२, २०८२
|
|
१९ पटक हेरिएको
Shares

सारांश

  • १२ असोज, काठमाडौं– राष्ट्रिय मानवअधिकार आयोग दसैँ बिदामा पनि बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म खुला रहने भएको छ ।
  •   आयोगका प्रवक्ता डा टीकाराम पोखरेलले आइतबार ज जारी गरेको प्रेस विज्ञप्तिमा आयोगको केन्द्रीय कार्यालय, हरिहरभवन, ललितपुर तथा प्रदेश तथा प्रदेश शाखा कार्यालय दसैँ बिदामा खुला रहने बताए  ।
  •   विज्ञप्तिमा भनिएको छ, ‘दसैँ, दीपावली तथा छठ पर्वको बिदाका दिनमा पनि खुला रहनेछन्,  मानव अधिकारको उल्लङ्घनका घटनाको उजुरी लिन र आकस्मिक प्रकृतिका घटनामा अनुगमन गर्नका लागि राष्ट्रिय मानव अधिकार आयोगको केन्द्रीय कार्यालय, हरिहरभवन, ललितपुर तथा प्रदेश तथा प्रदेश शाखा कार्यालय बिदाका दिनमा खुला रहने व्यवस्था गरिएको हो ।

१२ असोज, काठमाडौं

राष्ट्रिय मानवअधिकार आयोग दसैँ बिदामा पनि बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म खुला रहने भएको छ ।  आयोगका प्रवक्ता डा टीकाराम पोखरेलले आइतबार ज जारी गरेको प्रेस विज्ञप्तिमा आयोगको केन्द्रीय कार्यालय, हरिहरभवन, ललितपुर तथा प्रदेश तथा प्रदेश शाखा कार्यालय दसैँ बिदामा खुला रहने बताए  ।  विज्ञप्तिमा भनिएको छ, ‘दसैँ, दीपावली तथा छठ पर्वको बिदाका दिनमा पनि खुला रहनेछन्,  मानव अधिकारको उल्लङ्घनका घटनाको उजुरी लिन र आकस्मिक प्रकृतिका घटनामा अनुगमन गर्नका लागि राष्ट्रिय मानव अधिकार आयोगको केन्द्रीय कार्यालय, हरिहरभवन, ललितपुर तथा प्रदेश तथा प्रदेश शाखा कार्यालय बिदाका दिनमा खुला रहने व्यवस्था गरिएको हो ।

’ आयोगले मानव अधिकार उल्लङ्घनका कुनै घटना घटेमा आयोगका नजिकका कार्यालयमा तत्काल जानकारी गराउन आयोग सबैमा अनुरोध गरेको छ । सार्वजनिक बिदा तथा चाडपर्वका समयमा सर्वसाधारणको आवतजावतमा कठिनाइ उत्पन्न हुने, अपराधका घटनामा वृद्धि हुने, महँगी तथा कालोबजारी बढ्ने, सार्वजनिक सेवा प्रवाह र सहज आपूर्तिमा अवरोध सिर्जना गर्न आयोगले भनेको छ । ‘चाडपर्वको समयमा सेवाप्रवाहलाई चुस्तदुरुस्त बनाउन र शान्तिसुरक्षाको अवस्थालाई मजबुत बनाउन आयोग सरकारलाई निर्देशन गर्दछ’, आयोगले भनेको छ, ‘साथै, सेवा प्रवाहलाई चुस्त बनाउने र शान्ति सुरक्षालाई मजबुत बनाउने सरकारको कार्यमा सहयोग गर्न आयोग सम्बद्ध सबै पक्षलाई आग्रह गर्दछ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कारागारभित्रै थुनुवाको मृत्यु
कांग्रेस सहमहामन्त्री यादवमाथि खुकुरी प्रहार (भिडियो)
जितको नजिक पुगेर वेष्ट इन्डिजसँग पराजित भए नेपाल
हरी उपरीक्षक सुवास चन्द्र बोहरा प्रहरी बरिष्ठ उपरीक्षकमा बढुवा सिफारिस
दुईवटा संसदीय समितिको बैठक बस्दै
करदाता सेवा कार्यालय खारेजीविरुद्ध प्रशासन कार्यालय अगाडि धर्ना
जेनजीले चलाएको शान्तिपूर्ण आन्दोलन थियो, तर घुसपैठ गरेर देश जलाइयो : महेश बस्नेत
सुर्खेतमा एसएमएल गाडी दुर्घटना हुँदा १ जनाको मृत्यु, ६ जना घाइते
विधायन व्यवस्थापन समितिको बैठक बस्दै, पर्यटन विधेयकमा दफावार छलफल हुने
दक्षिण कोरियाका लागि काेटा ५३ सय, आवेदन १ लाख बढी