कर्णाली प्रदेश रंगशाला अनुगमन गर्दै प्रचण्डले भने- दशौं राष्ट्रिय खेलकुद समयमै हुनुपर्छ

nepaltathya_news nepaltathya_news
|
शनिबार, भाद्र १५, २०८१
|
|
२४ पटक हेरिएको
Shares

सारांश

  •   १५ भदौ , सुर्खेत ।
  •  पूर्वप्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दशौं राष्ट्रिय खेलकुद तोकिएकै समयमा हुनुपर्ने बताएका छन् ।
  • सुर्खेतस्थित कर्णाली प्रदेश रंगशालाको अनुगमनपछि उनले यस्तो बताएका हुन् ।

 

१५ भदौ , सुर्खेत । पूर्वप्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दशौं राष्ट्रिय खेलकुद तोकिएकै समयमा हुनुपर्ने बताएका छन् ।सुर्खेतस्थित कर्णाली प्रदेश रंगशालाको अनुगमनपछि उनले यस्तो बताएका हुन् । आगामी मंसिरमा तय गरिएको दशौं राष्ट्रिय खेलकुद निर्धारित समयमै हुने नहुने अन्योल बढिरहेको बेला पूर्वप्रधानमन्त्री प्रचण्डले निर्धारित समयमै हुनुपर्ने बताएका हुन् । “दशौं राष्ट्रिय खेलकुद तोकिएकै समयमा सुर्खेतमा हुनैपर्छ, यसमा राजनीति गर्ने भूल सरकारले नगरोस्, ” उनले भने, “यसमा पनि राजनीति गरेर दशौं राष्ट्रिय खेलकुदपछि सार्न खोजियो भने यो हजारौं खेलाडी र खेलप्रेमीका लागि घात हुनेछ ।” उनले निर्माणको अन्तिम चरणमा रहेको रंगशाला पश्चिम नेपालको खेल क्षेत्र र खेलाडीको वृत्ति विकासमा महत्त्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरे ।“यो अहिलेसम्मका रंगशालामध्ये विभिन्न ठाउँमा देखिएका कमीकमजोरी सच्याएर आधुनिक प्रविधिको प्रयोग गरेर जुन रूपमा निर्माण करिब सम्पन्न हुने चरणमा गएको छ । यो हामी सबैका लागि खुसी र गौरवको कुरा हो ।” उनले थपे, “माओवादी केन्द्रले प्रदेशको नेतृत्व गरेका बेला खासगरी मुख्यमन्त्री महेन्द्रबहादुर शाही र मन्त्री विमला केसीको पालामा यो रंगशालाई प्रदेशको गौरवको आयोजनाको रूपमा अघि सारिएकाले पनि यो हाम्रा लागि विशेष अर्थ र महत्त्वको छ ।” रंगशाला आधुनिक र अन्तर्राष्ट्रिय मापदण्डअनुसार बनेको पाइएको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले यसको अत्यधिक सदुपयोग गर्नुपर्ने बताए । लुम्बिनी, कर्णाली र सदूरपश्चिमको खेल क्षेत्रका लागि यो केन्द्र बन्ने र देशभरिकै खेलाडीका लागि पनि राष्ट्रिय खेलकुदको सुर्खेतमा आयोजना गर्न सकिने ढोका खुलेको टिप्पणी पनि उनले गरे ।आफू तीनपटक प्रधानमन्त्री हुँदा लगातार खेल क्षेत्रको विकासलाई प्राथमिकता दिँदै आएको पनि उहाँले स्पष्ट गरे ।अनुगमनका क्रममा कर्णाली प्रदेशका पूर्वमुख्यमन्त्री महेन्द्रबहादुर शाही, पूर्व खेलकुदमन्त्री विमला केसी, कर्णाली खेलकुद परिषद्का सदस्य-सचिव विश्वामित्र सञ्ज्याललगायतका खेल पदाधिकारीको उपस्थिति रहेको थियो ।यसैबीच अध्यक्ष प्रचण्डले पेरिस पाराओलम्पिकमा ऐतिहासिक कास्यपदक जित्ने पलेशा गोबर्धनलगायत खेल पदाधिकारीलाई बधाई तथा शुभकामना पनि व्यक्त गरेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सिरहामा पाँच पूर्वमन्त्रीको जमानत जफत
यस्तो छ , आजको लागि विदेशी मुद्राको विनिमयदर
बिष्णु पौडेलले माफी माग्दै भने-एमाले नीतिमा गम्भीर समीक्षा हुन्छ
गुल्मीको हर्पुकोटमा आगलागी
राजनीतिक दलका घोषणापत्रमा खानेपानी तथा सरसफाइ एजेन्डा प्राथमिकतामा राख्न ‘फेडवासन’ को आग्रह
स्थानीय तह उपनिर्वाचनः शान्तिपूर्ण रूपमा मतदान हुँदै
मधेश सरकारले मनाएन संविधान दिवस
नौबिसे–नागढुंगा सुरुङमार्ग निर्माण अन्तिम चरणमा: प्रधानमन्त्री
नवनियुक्त प्रधानमन्त्रीले आइतबार पदभार ग्रहण गर्ने, सरकारी निवास व्यवस्थापन नभएसम्म निजी निवासमै बस्ने
गाजामा इजरायली आक्रमणको विरोधमा मोरक्कोको राजधानीमा प्रदर्शन