कोशी नाम खारेजीको मागसहित विराटनगरमा राष्ट्रिय मुक्ति क्रान्तिको विरोधसभा

nepaltathya_news nepaltathya_news
|
आइतबार, जेठ २७, २०८१
|
|
५ पटक हेरिएको
Shares

सारांश

  •   २७ जेठ, विराटनगर ।
  • राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति क्रान्तिसम्बद्ध कोच-मधेश ब्यूरोले कोशी प्रदेश नामकरण खारेजीको मागसहित विराटनगरमा विरोधसभासहित ट्याम्प्यु र्‍याली प्रदर्शन गरेको छ ।
  • शनिबार विराटनगर बजार परिक्रमापछि आयोजित विरोध सभालाई सम्बोधन गर्दै संयोजक महतोले एकल राष्ट्रिय राज्यको चरित्र बदलेर बहुल राष्ट्रिय राज्य नबनाएसम्म जनताले परिवर्तन महसुस गर्न नसक्ने बताए ।

 

२७ जेठ, विराटनगर । राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति क्रान्तिसम्बद्ध कोच-मधेश ब्यूरोले कोशी प्रदेश नामकरण खारेजीको मागसहित विराटनगरमा विरोधसभासहित ट्याम्प्यु र्‍याली प्रदर्शन गरेको छ ।

शनिबार विराटनगर बजार परिक्रमापछि आयोजित विरोध सभालाई सम्बोधन गर्दै संयोजक महतोले एकल राष्ट्रिय राज्यको चरित्र बदलेर बहुल राष्ट्रिय राज्य नबनाएसम्म जनताले परिवर्तन महसुस गर्न नसक्ने बताए । मधेशी, लिम्बू, राई, कोचलगायतले पहिचान मागेको भन्दै उनले सोही अनुसार प्रदेशको नामकरण हुनुपर्ने माग गरे । सभालाई सम्बोधन गर्दै अर्का नेता केशव झाले कोशी प्रदेशको नामकरण मात्रै होइन, सीमांकन नै त्रुटिपूर्ण रहेकाले अविलम्ब सच्याउन माग गरे।

राज्यले अहिलेसम्म उत्पीडित जाति र समुदायलाई फुटाएर शासन गरेको भन्दै उनले अब अब मधेशी, आदिवासी जनजाति, उत्पीडित,  खसआर्य समेत एक भएर राष्ट्रिय मुक्ति क्रान्ति सफल पार्दै बहुलराष्ट्रिय राज्य स्थापना गर्ने बताए ।चन्द्रप्रसाद राजवंशीको अध्यक्षतामा भएको विरोध सभामा कमला गुरुङ, राजीव झा, सुमन सायमी, सन्तोष मेहता, सीएन थारु, बुद्धछिरिङ मोक्तान, केवल राई, दीपेन्द्र चौधरी, चुन्नी खातुन, सनम लिम्बू, सत्यनारायण साह लगायत नेताले सम्बोधन  गरेका थिए ।

बोल्ने वक्ताहरूले स्वदेशवादको वैचारिकीमा सामुदायिक समाजवादसहित बहुलराष्ट्रिय राज्यको स्थापना गरी छाड्ने अठोट व्यक्त गरे ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?