अध्यादेशबारे छलफल गर्न जसपा नेपालको संसदीय दलको बैठक बस्दै

nepaltathya_news nepaltathya_news
|
आइतबार, माघ २७, २०८१
|
|
२२ पटक हेरिएको
Shares

सारांश

  •   २७ माघ, काठमाडौं ।
  • अध्यादेशबारे छलफल गर्न जनता समाजवादी पार्टी (जसपा) नेपालको संसदीय दलको बैठक बस्दैछ ।
  • जसपा नेपालका सांसद दिपक कार्कीका अनुसार संसदीय दलको बैठक बिहान ११ बजे सिंहदरबारमा बस्दैछ ।

 

२७ माघ, काठमाडौं । अध्यादेशबारे छलफल गर्न जनता समाजवादी पार्टी (जसपा) नेपालको संसदीय दलको बैठक बस्दैछ । जसपा नेपालका सांसद दिपक कार्कीका अनुसार संसदीय दलको बैठक बिहान ११ बजे सिंहदरबारमा बस्दैछ । ‘

अधयादेबारे अध्ययन कार्यदलको प्रतिवेदनमाथि छलफल गर्ने भनिएको छ,’ कार्कीले बैठकको एजेण्डाबारे जानकारी दिए । जसपा नेपालले कार्यकारिणी समितिको बैठकबाट उपाध्यक्ष राजकिशोर यादवको नेतृत्वमा कार्यदल बनाएर अध्यादेशहरूबारे अध्ययन गरेको छ । उक्त कार्यदलले गत मंगलबार र बुधबार गरेर १० जना विज्ञसँग छलफल गरेको थियो । विज्ञसँगको छलफलको आधारमा कार्यदलले सुझावसहितको प्रतिवेदन तयार पारेको छ । उक्त प्रतिवेदनउपर गत शुक्रबार समेत छलफल भएको थियो ।

तर, शुक्रबार संघीय संसद्को दुवै सदनको कार्यसूचीबाट अध्यादेश अगाडि बढाउने कार्यक्रम हटाइएको भनेर कुनै निर्णय गरेको थिएन । आइतबार पनि दुवै सदनको बैठक बस्दैछ । दुवै सदनको सम्भावित कार्यसूचीमा अध्यादेश अगाडि बढाउने कार्यक्रम समावेश छैन । ‘सदनको सम्भावित कार्यसूचीमा अध्यादेश नरहेको जानकारी पाएका छौं । तैपनि हामी अध्ययन कार्यदलको प्रतिवेदनउपर छलफल भने गर्छौं । निर्णयका सम्बन्धमा छलफलपछि मात्रै भन्न सकिन्छ’ जसपा नेपालका सांसद कार्कीले अनलाइनखबरसँग भने ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

आज ११ औं दिन पनि शिक्षकहरु सडकमै
ग्यास बोकेर त्रिशूली जाँदै गरेको गाडीमै ग्यास लिक,सुरक्षाका लागि दुबै तर्फको राजमार्ग बन्द
वाइडबडी प्रकरणमा कंसाकारसहित चार जना भ्रष्टाचारी ठहर, पूर्वमन्त्री शाहीलाई सफाइ
राष्ट्रियसभामा माओवादीले माग्यो गृहमन्त्रीको राजीनामा
कतारले दियो १३ नेपालीलाई आममाफी
तीनकुने क्षेत्रमा सेना परिचालन
अध्ययनको निष्कर्ष : प्रकृतिमैत्री देशको सूचीमा नेपाल विश्वमै पहिलो स्थानमा
जेनजी प्रदर्शनका क्रममा मृ*त्यु हुनेको संख्या ३४ पुग्यो
बिहारको सबैभन्दा कान्छी विधायक बन्दै गायिका मैथिली ठाकुर
गाजा पट्टीबाट दक्षिणी इजरायलमा दुई वटा रकेट प्रहार