अफगानिस्तानद्वारा नेपाललाई ३०१ रनको चुनौती

nepaltathya_news nepaltathya_news
|
बिहिबार, चैत्र २१, २०८१
|
|
३ पटक हेरिएको
Shares

सारांश

  •   २१ चैत, काठमाडौं ।
  • अफगानिस्तानको यु–१९ पुरुष टोलीले एक दिवसीय शृङ्खलाको पहिलो खेलमा नेपाललाई जितका लागि ३०१ रनको विशाल लक्ष्य दिएको छ ।
  • मूलपानी क्रिकेट मैदानमा जारी खेलमा ‘टस’ जितेर पहिला ‘ब्याटिङ’ रोजेको अफगानिस्तानले निर्धारित ५० ओभरमा नौ विकेट गुमाएर उक्त योगफल बनायो ।

 

२१ चैत, काठमाडौं ।

अफगानिस्तानको यु–१९ पुरुष टोलीले एक दिवसीय शृङ्खलाको पहिलो खेलमा नेपाललाई जितका लागि ३०१ रनको विशाल लक्ष्य दिएको छ । मूलपानी क्रिकेट मैदानमा जारी खेलमा ‘टस’ जितेर पहिला ‘ब्याटिङ’ रोजेको अफगानिस्तानले निर्धारित ५० ओभरमा नौ विकेट गुमाएर उक्त योगफल बनायो ।  अफगानिस्तानका लागि फैसल खान शिनोजादाले सर्वाधिक ९७ रनको योगदान दिए ।

उनले ८८ बलमा नौ चौका र चार छक्काको मद्दतमा ९७ रन बनाएका हुन । त्यसैगरी, खालिद अहमदजाइले १०७ बलमा छ चौकासहित ७६, बर्खत इब्राहिमजाईले ३५, उजाइरुल्लाहले २४, अजिज मिय खहिलले २१ र नजिफउल्लाह अमिरीले १० रन बनाए । नेपालका लागि सन्तोष यादवले तीन विकेट लिए भने अभिषेक तिवारीले दुई तथा दयानन्द मण्डल र विपिनप्रसाद शर्माले समान एक–एक विकेट लिए । नेपाल र अफगानिस्तान यु–१९ पुरुष विश्वकपको एसिया छनोटको तयारीमा रहेका छन् । छनोटअघि दुवै टोलीले तीन खेलकोे अभ्यास सिरिज खेल्न लागेका हुन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

वैदेशिक रोजगारीको नाममा ठगी गरेको आरोपमा तीन जना पक्राउ
लुम्बिनी प्रदेश प्रमुखद्वारा प्रदेशको सातौं अधिवेशन आह्वान
सामान्य वर्षामै जलमग्न हुन्छ सिरहाको सुखीपुर स्वास्थ्य चौकी
यस्तो छ तपाइको आजको राशिफल
पछिल्लो २४ घण्टामै गाजामा भएको इजरायली आक्रमणमा ५२ प्यालेस्टिनीको मृ*त्यु
एक महिनामै भित्रियो २ खर्ब रेमिट्यान्स, हालसम्मकै धेरै
नेपालमा फेरि देखियो कोरोना संक्रमण, ४२ जनामा ‘केपी’ भेरियन्ट पुष्टि
रवि लामिछानेमाथि २७ करोडको सम्पत्ति शुद्धीकरणको अभियोग, तीन मुद्दामा १० वर्ष जेल सजाय माग
बङ्गलादेशमा बाढीले ५९ जनाको मृत्यु, हजारौँ घरबारविहीन
दार्चुलामा आप्रवासी स्रोत केन्द्र